फिर्केबुला‌ैदी खाेलामा बृहत् सरसफाई अभियान ,सरसफाई अभियानमा घटेन पाेखरेलीकाे चासाे

By प्रकाश धिताल     

अमृत शर्मा,पाेखरेल – पाेखरा – भाद्र ०४ 

14030717_1031164840294494_1001590631_nसम्पादहरू राष्ट्रका गैरब हुन्,खाेला नाला हरू हाम्रा सम्पदाहरू हुन्,भाेलीका सन्ततीका लागि यीनीहरूकाे संरक्षण गराै भन्दै हरेक शनिवार अायाेजना गर्दै अाएकाे फिर्के बुलाैदी खाेला बृहत् सफाई अभियानकाे अाज बार्हाै शृङ्खला अन्तर्गत पाेखरामा रहेकाे सशस्त्र प्रहरीबल कालिका गण देखि जिराेकिमि फिर्केपुल सम्म करिब १ किलाे मिटर एरियामा बृहत् सरसफाई गरिएकाे छ।
म मन,वचन र कर्मले कुनै स्वार्थ नराखी फिर्के बुलाैदी खाेला सरसफाई अभियानमा लाग्दछु,र प्राकृतिक सम्पदा संरक्षण अभियानमा लाग्ने छु र जथाभावी फाेहाेर गर्ने छैन् भन्दै सरसफाई अभियानमा उपस्थित सबै अभियान्ताहरूलाई कास्की का प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सपथ खुवाउदै फाेहाेर फाल्नेहरूलाई कार्वाही प्रकृया अगाडी बढाउन अाग्रह गर्दै स्थानिय प्रशासनकाे अावश्यकता परे सहयाेग गर्ने भन्दै पाेखरा उपमहा नगरपालिका लाई निर्देशन दिदै सरसफाइ कार्यक्रमकाे सुरूवात गर्नु भएकाे थियाे।
फिर्के बुलाैदी नागरिक सराेकार समिति पाेखरा काे अायाेजनामा भएकाे बृहत् सरसफाइ कार्यक्रममा पाेखरा उपमहानगरपालिका कार्यकारी अधिकृत भिम ब कुवर,नेपाली कांग्रेस नगर संयाेजक बजरिमान श्रेष्ठ,नेकपा एमाले नगर संयाेजक तेजनारयण अधिकारी,सशस्त्र प्रहरीबल कालीकावगण पाेखराका प्रमुख खगेन्द्र पाैडेल,अभियान्ता तथा सल्यानी समिति कास्कीका सचिव धनञ्जय पाैडेल,टाेल सुधार समिति तथा नगर समन्वयका प्रतिनिधिहरू,विभिन्न ब्यक्ति, संघसंस्थाका प्रतिनिधिहरू,स्थानिय बासिन्दा लगायतकाे सक्रीय सहभागिता रहेकाे थियाे।

सरसफाई महाअभियान लाई हाैसला प्रदान एवम् एक्यवद्धता प्रकट गर्दै बृहत्तर बाग्मती सरसफाइ महाअभियानका अभियान्ता तथा एपेक्स कलेज काठमाडौका प्राचार्य एलपी भानु शर्माले १७१ अाै बाग्मती सफाईकाे अभियानकाे तर्फबाट याे अभियान लाई हार्दीक बधाइ दिदै यस्ताे सहरानीय कार्यकाे अाफुहरूले सदैब उच्च सम्मान गर्ने बताउदै सफा गरे सफा हुन्छ,फाेहाेर गरे फाेहाेर हुन्छ भन्ने नारालाई अात्मसाथ गर्नसके मात्रै यस्ता नेपालका प्राकृतिक सम्पदाहरूकाे संरक्षणमा सहयाेग पुग्ने समेत बताउनु भएकाे थियाे।
त्यस्तै सरसफाई महाअभियानमा सहभागी सहित एक्यवद्धता स्वरूप महिला सशक्तीकरण नेपाल काे समन्वयमा राेटरी क्लब अफ पाेखरा अन्नपूर्ण र थ्रि सिस्टर संस्था नेपाल बाट संयुक्त रूपमा ५० थान सेफ्टी ग्लाेब,६ थान डाेकाे र हसीया,मुक्तिनाथ बिकास बैक पाेखराबाट सदाझै हातधुने सावुनपानी,५०० थान डिस्पोजल पञ्जा,१०० थान माक्स,सिद्धार्थ क्लब पाेखराबाट प्राथमिक उपचार सहितकाे एम्बुलेन्स सेवा,पिसजाेन एकेडेमी बाट खानेपानीकाे ब्यवस्था गर्नुभएकाे थियाे। भने नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल कालिका गण,सृजना टाेल बिकास संस्था सिमलचाैर पाेखरा-८,नमुना अादर्श अामा समूह जिराे किमि मालेपाटन-५,धर्मस्थली बचत तथा ऋण सहकारी संस्था पाेखरा-५ मालेपाटन,एशिया मानव अधिकार तथा साँस्कृतिक बिकास मञ्च,पाेखराका विभिन्न अामा समुह,विभिन्न सञ्चार माधयमहरू सहभागी भएकाे फिर्के बुलाैदी नागरिक सराेकार समिति पाेखराका संयाेजक राम बहादुर पाैडेलले जानकारी दिनु भयाे।

यसरी सरसफाइ महाअभियानकाे बार्हाै श्रृङखला सम्म अाईपुग्दा फिर्के बुलाैदी खाेला सरसफाईमा पाेखरेली जनताहरू मानव साङ्लो बनाएर सरसफाइमा सहभागी भईरहेकाे र सरसफाई अभियान चली रहँदा सरकारी निकाय तथा विभिन्न निकायले साथ दिईरहेकाे देखिन्छ भने सरसफाई पश्चात फिर्के खाेलामा ढल मिसाउने,फाेहाेर फाल्ने लगायतका काममा केही कम भएकाे सरसरफाईमा सहभागिता भएका अभियान्ताहरूले बताईरहेका छन्।
साथै अागामी हप्ता जिराे किलाेमिटर सृजनाचाेक जाेड्ने फिर्केपुल पृथ्वीराजमार्ग बस सञ्चालक समितिकाे प्राङ्गणबाट पुनह सरसफाइ महा अभियानकाे सुरूवात हुने भएकाेले सरसफाईमा सराेकार राख्ने अभियान्ता लगायत टाेलबासी सबै जना लाई सहभागी भई याे अभियान लाई साथ दिएर स्वच्छ सुन्दर पाेखरा बनाउन सहयाेग गर्न अाग्रह समेत गर्नुभएकाे छ।

बिहान ७ बजेदेखी ९ बजेसम्म गरिएकाे सर- सफाई अभियान बाट करिब १७ टन फाेहाेर निकालीए काे थियाे,भने उक्त फाेहाेरलाई पाेखरा उपमहा- नगरपालिका ले समायाेजन गरेकाे थियाे। साथै उक्त कार्यक्रममा धन्यबाद ज्ञापन पाेखरा उपमहानगरपालि का कार्यलयका कार्यकारी प्रमुख भिम ब कुवर तथा सञ्चालन वडा नगरसमन्वय पाेखराका संयाेजक एवम् फिर्केबुलाैदी खाेला सरसरफाई अभियानका सचिवालय सदस्य उज्ज्वल के.सीले गर्नुभएकाे थियाे।
सरसफाई अभियानमा लागिरहदा धेरैजसाे ठाउहरूमा फिर्केखाेला अतिक्रमण गरेर भाैतिक संरचना निर्माण भईसकेकाे देखिन अाएका छन्। त्यसैले यी भाैतिक संरचनाहरू तत्काल सरकारी निकायले अावश्यक अनुसन्धान गरि कानुनी तबरले भत्काएर फिर्केखाेलालाई यथास्थानमा बगेकाे अाम पाेखरेली जनसमुदायहरूले छिट्टै देख्न पाउन्।