मोहनको अभिनयमा पहिलो माया बजारमा ( भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – भाद्र ०२ 

14009919_1382886238395359_1727976620_n

उमंग म्युजिक प्रा.लि ले भने माया प्रेममा अाधारित लोक दोहोरी “ पहिलो माया” बोलको गित केहि समय अगाडि मात्र सार्बजनिकगरिएको थियो गीतमा गीतमा रामजी खाड र दिपा विश्वकर्मा ( मुस्कान) को समधुर स्वरमा रहेको यस गितमा लय/ शब्द राजु विश्वकर्माले गरेका छन ।

शिव फिल्मस् प्रा.लि बाट निर्देशक कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायांकन र सुजन शाहिको सम्पादनमा भिडियो तयार गरिएको छ । यसै गरि भिडियोमा मोहन रिजाल, मञ्जीता र सन्तोष को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

पछिल्लो समय बनेका माया प्रेममा अाधारित म्युजिक भिडियोहरुले बजार तताइरहेको अवस्थामा यो भिडियोले पनि दर्शकको माया पाउनेमा उदयमान मोडल मोहन रिजाल आशाबादी छन। सानै उमेर देखिको एउटा चर्चित मोडल बन्ने चाहना र नया तरिकाले कलाकारिता क्षेत्रमा आउने सोच बनाएका मोहन चकलेटी फेस का छन, केहि समय अघि मात्र यस क्षेत्रमा प्रबेश गरेका उनी अवसर पाए सबै किसिमको अभिनय गर्न इच्छुक रहेको बताए ।

हेरौ भिडियो