दिन दारै रक्सिले मातिएर युवतीलाई मेरो बच्चा पाइदेउ रे कस्तो अचम्म

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – भाद्र ०१ 

झरना फिल्मसको ब्यानरमा निर्माण भएको हरेक हास्य शृंखला जोकर आईतबार युटूब मार्फत सार्बजनिक गरीने हास्य शृंखला जोकर औपचारिक रुपमा रिलिज भएको छ ।

झरना फिल्म्सको सभाहालमा शृंखलाका कलाकार ,प्राबिधिक तथा केहि ब्यबसायीहरुको उपस्थितिमा आईतबार राजधानीमा एक कार्यक्रमका बीच हास्य शृंखला जोकर सार्बजनिक गरिएको हो । कार्यक्रममा कलाकार तथा निर्माता रत्न बानियाले युवा साथीहरुको केहि गरौ भन्ने सोच लाई सार्थक बनाउन जोकर तयार परेको बताए ।

निर्देशक समेत रहेका भोला तिमल्सिनाले आफ्नो लामो समयको संचार क्षेत्रको अनुभब तथा म्युजिक भिडियो हरु निर्माणको भोगईहरुले आफुलाई यस तर्फ जागरुक बनाएको प्रतिक्रिया दिए । “हामीले पहिलो पाईला उठाएका छौ , दोस्रो खुड्किलो हाम्रा दर्शक श्रोता हुन् ,त्यसकारण दर्शक श्रोताको सल्लाह सुझाबलाई सिरोपर गर्दै आगामी दिन मा तपाईहरुलाई अझ राम्रो काम पस्कन पाउनेमा मैले विश्वास लिएको छु ।” उनले भने ।

अर्का निर्देशक चन्द्रमणि मुडभरीले जोकरका प्रत्येक अंकले दर्शकलाई भरपुर मज्जा दिने विश्वास व्यक्त गरेका छन । कार्यक्रम मा जोकरका कलाकार हरुले काम गरिरहदाको बखतका अनुभब साटासाट गरेका थिए । जोकरमा भोला तिमल्सिना ,चन्द्र मणि मुडभरी ,रत्न बानियाँ ,धनश्याम मुडभरी, सुमित्रा भण्डारी ,बाबु राजा एस.के. ,लोकेश मुडभरी ,राजेश आचार्य , सबिता श्रेष्ठ , रोस्मित अधिकारी , इमी मगर, शिव कुमारी अर्याल लगायत कलाकारको अभिनय रहेको छ।

जोकर लाई बिकाश गन्धर्बले खिचेका हुन् भने संगीत बानियाले सम्पादन गरेका हुन् ।

हेरौ जोकर