सामाजिक सञ्जाल फेसबुकमै बैठक,म्यासेन्जरबाटै निर्णय

By प्रकाश धिताल     

अमृत शर्मा,पाेखरेल – पाेखरा- साउन -३२ 

सुन्दा जाे काेहीलाई पनि अाश्चर्य तथा अनाैठाे लाग्नसक्छ सामाजिक सञ्जालमै कमिटि गठन गरेर बैठक गरी विभिन्न निर्णयहरू गरि कार्यान्वयनका लागि एकजुट हुन्छन भन्ने सुनेर त्याे पनि हाम्राे देश नेपालमा भनेर।
हाे यस्तै भएकाे छ,धाैलागिरि अञ्चल अन्तर्गत पर्वत जिल्लाकाे दुगर्म गाउँ बिकास समिति आर्थर डाडाँखर्कमा रहेकाे पञ्चकाेशी उच्च माविमा अध्ययन गरी देश बिदेशमा रहेका भुतपुर्व बिधार्थीहरू ले विघालयकाे स्तर उन्नती तथा अन्य सहयाेगहरू जुटाउनका लागि एकै ठाउमा भेला हुन असम्भव भए पछि सामाजिक सञ्जाल फेसबुकलाई प्रयाेग गरेर भुतपुर्व विधार्थी मञ्च गठन गरेका हुन्।
झण्डै एकमहिना लगाएर गठन गरिएकाे मञ्चकाे कार्यसमितिकाे बैठक बसेर अाफ्नाे विघालय काे शैक्षिक सुधारका लागि आर्थिक सहयोग तथा भाैतीक संरचना सहित अन्य सहयोग पनि संकलन गर्न थालीएकाे र अधिकाश बिघार्थी साथीहरू बिदेश मा रहनुभएकाे र उहाँहरू सग म अाफैले समन्वय गरिरहेकाे हङ्गकङ्गमा रहेका मञ्चका अध्यक्ष गौतम गुरुङ्गले जानकारी दिए।
त्यस्तै मञ्चले आर्थर गाबिसमा रहेका बिद्यालय हरूमा अंग्रेजी माध्यमबाट अध्ययन शुरु गराउने तथा अन्य सामाजिक कामहरू गर्ने र बिद्यालयको शैक्षिक बिकासमा सहयोग पुयाउने उदेश्यले गठन गरिएकाे गाउमा रहेर विघालयहरू सगकाे समन्वय गर्ने व्यवस्थापनकाे जिम्मा पाएका मञ्चका सचिव बिश्वास गुरूङले जानकारी दिए।
मञ्चका सल्लाहकार मनाेज गुरूङले बैठक बस्न,भेला हुन र सामुहिक रुपमा निर्णय गर्न सामाजिक सञ्जाल उपयोगी हुने भएकाले सामाजिक सञ्जालको दुरुपयोग बढेर बिभिन्न बिकृती आइरहेको याे समयमा हामीले भने यही सामाजिक सञ्जाल प्रयोग गरेर धेरै सकारात्मक काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेकाे उनले बताए।
नवगठित मञ्चको उपध्यक्षहरुमा नारायण पौडेल,बबिता शर्मा,सचिवमा बिश्वास गुरूङ, सहसचिवमा सन्जिव गुरूङ,कोषाध्यक्षमा राधा गुरुङ, सल्लाहकार हरुमा दुर्गाप्रसाद शर्मा,रजनी गुरुङ, मनोज गुरुङ्ग,त्रिभुवन पौडेल,समुन्द्र गृुरुङ्ग,हिमलाल शर्मा रहेका छन्।