मद्रेनिया सामुदायिक वन उपभोक्ता समितिको सातौ वार्षिक साधारण सभा सम्पन्न

By प्रकाश धिताल     

पदम राज ओझा – बौनिया  – साउन २९

कैलालीको  कोटातुल्सीपुर गाउ विकास समिति वडा नं. ५ राजिपुर स्थित मद्रेनिया सामुदायिक वन उपभोक्ता समितिको सातौ वार्षिक साधारण सभा आर्थिक वर्ष २०७२÷२०७३ को ७ लाख २५ हजार २ सय २० रुपैया आय व्यय अनुमोदन गर्दै सम्पन्न भएको छ । सस्थाका अध्यक्ष वुद्धि सिह डगौरा को सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि इलाका वन कार्यालय साडेपानीका सहायक वन अधिकृत चन्द्रकान्त मिश्र रहनु भएको थियो ।

कार्यक्रममा समितिका पूर्व अध्यक्ष लिखराम चौधरी,पूर्व वडा अध्यक्ष अन्तराम चौधरी ,हरीराम चौधरी,सामुदायिक वन उपभोक्ता महासंघका सहजकर्ता टेक बहादुर थापा कोसेली एफ एमका स्टेशन म्यानेजर लिला राज खत्री ,मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका विरवदम दासले शुभकामना मन्तव्य राख्नु भएको थियो ।उक्त कार्यक्रममा वन संरक्षणमा योगदान गरे वाफत इलाका वन कार्यालय साडेपानीका सहायक वन अधिकृत चन्द्रकान्त मिश्र र पूर्व अध्यक्ष लिखराम डगौरालाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो । रामफता चौधरीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव लप्टन चौधरीले गर्नु भएको थियो ।