नेपाल शिक्षक संघ कैलालीको गाउनगर अध्यक्षहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

पदम राज ओझा – बौनिया- साउन २९
कैलालीको दोदोधरा स्थित श्री बसन्त मुरारीको प्राङगणमा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति कैलालीको आयोजनामा नेपाल शिक्षक संघ कैलालीको गाउ नगर अध्यक्षहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष भुपाल सिङ खडकाको सभाअध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका महा समिति सदस्य दलविर साउद रहनु भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस क्षेत्रिय सचिव तेज प्रताप मल्ल रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य बम बहादुर बम,शिक्षक संघका उपाध्यक्ष डिल्ली पन्त,मिना बोहरा ,पदम राज जोसी,प्रेम शाही लगाएतकाले मन्तवय राखेका थिय । उक्त कार्यक्रममा अध्यक्ष भुपाल सिह खडकाले शिक्षकका पेशागत मुद्धा र संगठन सुदृढीकरण विषयमा जोड दिनु भएको थियो । क्षेत्रिय अध्यक्ष सुरेन्द्र प्रकास जैशीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ कैलालीका सचिव गणेश प्रसाद ओझाले गर्नु भएको थियो ।