गायक रामचन्द्रको इन्गेजमेन्ट गयिका प्राश्ना संग (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – साउन २५ – मंगलबार

Untitled-1

आफ्नो छोरी बिग्रेको देखेर पाथीभरा माई अनि मनकामना संग प्राथाना गर्दै आफ्ना आफन्तहरु संग संगै गुनासो गर्दै बिलौना गर्दै गर्दा छोरिले पनि आमा लाई सम्झाउदै गरेकी हुन्छिन । पहिले नै छोरिले आफ्नो प्रेमी लाई घरमा बोलाई सकेकि हुन्छिन ।

ज्वाई बन्ने पनि घरमा ठयाक्कै कुराकानी भएको बेला मा आउचन र केटा लाई देख्न बित्तिकै आमा रिसाउछिन र बहिर जान्छिन पछि आमा लाई फकाउदै सम्झाउदै फकाउदै केटा र केटीले फ़काउछन छन । यहि फकाउनेमा हुन्छन् चर्चित गायक रामचन्द्र काफ्ले अनि गायिका प्राश्ना शाक्य हुन्छन ।

राम चन्द्रले गायिका प्राश्ना लाई घरमा माग्न आएका हुन्छन् तर यो वास्तविक जीवनमा नभई यस्तै परिवारिक कथा बस्तुमा तयार पारिएको हुन्छ सुजाता बस्नेत केसिको नंया गित पाथीभरा माई को म्युजिक भिडियोमा हुन्छ ।

चर्चित गायक गायिका आफैले गाएको गितमा आफैले मोडेलिङ गरेर भिडियोमा उत्कृष्ट अभिनय गरेका छन । आमाको भूमिकामा सुजाता केसी, छोरी प्रश्ना अनि जुवाई भनेर राम चन्द्रले अभिनय गरेका छन । उनी संगै कलाकार कृष्ण सिवाकोटीले केटाको बुबाको भुमिका निर्वाह गरेका छन भने आमा तिरको समर्थनमा मिश्रि थापाले अभिनय गरेकी छिन । यी सबै पात्रलाई पर्दामा उतारेका छन सन्चार्कर्मी प्रकशले ,

चर्चित संगीतकार दिपक शर्माको शब्द/ संगीत रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन , टेकेन्द्र शाहको ईडिट, सन्तोष राजबाहकको कोरियोग्राफी संगै भिडियोमा सन्चारकर्मी प्रकाश धितालको उत्कृष्ट निर्देशन रहेको छ । यसै गरि भिडियो लाई अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्ट प्रा . लि ले बजार ब्यबस्थापन गरेको छ ।

हेरौ यो भिडियो