फुल्छ फुल हागाँले नै राम्रो…प्रमोदको भनाइ…

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन २४ – सोमबार

फुल्छ फुल हागाँले नै राम्रो …घोच्छ तरपनि काँडालेनै राम्रो…यस गीतका शब्दकार तथा रचनाकार हुन प्रमोद श्रेष्ठ । प्रमोद नेपालको खोटांग जिल्ला स्थित पिता राजकुमार श्रेष्ठ र ममि ईन्द्रकुमारी श्रेष्ठ कोखबाट २०४६ सालमा कान्छो छोराको रुपमा जन्मिएका हुन । स्कुल पढ्दा देखि नै साहित्यमा झुकाव राख्ने उनले १० कक्षामा पढ्दै गर्दा नेपालीका चोटहरु पहिलो कविता संग्रह निकालेका थिए । फुल्छ फुल हागाँले नै राम्रो …घोच्छ तरपनि काँडालेनै राम्रो … यो गीतको लय र शब्द भावले नै झल्काउछ गीत निकै प्रेमिल र चोखोमाया मा आधारीत रहेको छ ।

कतिपय कुराहरू आफू सँग नहुँदा अर्थात आफूबाट टाढा छ भने त्यो सारै प्रिय लाग्छ । खासगरी तिनै कुराहरुलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ ।गीतमा पेमपुर्ण भावसमेत निकै मिठासपुर्ण तरीकाले उठाइएको छ । यो गीतमा आवाज अन्जु पन्तको छ । यस गीतमा सँगीतकार राजनराज सिवाकोटीको सँगीत दिएका छन् भने एरेन्ज साहाश शाक्यको रहेको छ । गीत प्रिज्म स्टुडियोमा रेकर्ड भएको हो । प्रमोदको रचना अनि शब्द मा खै के त्यस्तो जादुछ कुन्नि उनले लेखेका यो गीत निकै राम्रो बनेको छ । आफ्नो माता पिताकोे आर्शिवादले यो स्थान सम्म आइपुग्न सफल गीतकार तथा शब्दकार प्रमोद आफ्नो प्राण र एक मुठि साँस रहउन्जेल सम्म म यस्तै गीतहरुको रचना गर्ने बताउँछन् ।