मोडल बिरकोे कठरीया थारु भाषाको म्युजिक भिडियो बजारमा

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – साउन २२ – शनिबार 

छोटो समयमा नै युवाहरुको लोकप्रिय बन्न सफल मोडल बिर चौधरीले फेरी कठरीया थारु भाषाको म्युजिक भिडियो बजारमा ल्याएका छन् । एक पछि अर्को गर्दै पछिल्लो समयमा कलाकारीता क्षेत्रमा जम्न सफल मोडल बिरले कठरीया थारु भाषाको यि कैसिन डगर एलबमको अब मै रात रात जागु बोलको टाईटल गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । छायांकन स्थलमा भेटीएकी गायिका मनिषा पोख्रेलले भनीन जसरी हामीले गाउने कुरा मेहनत गरेका छौ त्यो भन्दा बढी मेहनत रणधिर श्रेष्ठजीको टिमले गरेको छ ।

मलाई गित मन परेको छ अभिनय गर्दा गर्दै थकीत मुद्रामा मोडेल विरले भने यो गीत सुने अनी मलाई मन परेर मैले आफुले भ्याए सम्म अभिनय गरेको छु मलाई विस्वास छ दर्शकले पनि यो गितलाई हेरेर मन पराई दिनुहुने छ । यसको  शब्द संगीत अझै मन पर्यो । त्यसै माथी रणधिर श्रेष्ठजीको निर्देशन र छायांकनले त झनै सुनमा सुगन्ध थपेको छ । जुन गीतमा आनन्द कठरीया र मनिषा पोख्रेलको स्वर रहेको छ । विकास कठरीयाको निर्माण भएको म्युजिक भिडियोलाई निर्देशन र छाँयाङकन रणधिर श्रेष्ठले गरेका हुन । यस गीतमा बिर र जानबी बोहराको अभिनय देख्न सकीने छ ।

पदम ओझा बैनिया – सम्बाददाता