मिनाले मिनिस्कर्ट लाउदिन भन्छिन रे किन त ? (भिडियो सहित)

By प्रकाश धिताल     

कृष्ण प्रसाद पौड्याल-काठमाण्डौ -साउन २१-शुक्रबार

गायिका मिना अधिकारी ‘मिनिस्कट लाउदिन’ भन्दै छोटा लुगा लगाएर असभ्यताको बाटोमा हिड्नेहरुलाई गीती प्रश्न गरेकी छन् । सोधेकी छन्, छोटा लुगा लगाउदैमा फेसन हुन्छ,छोटा लुगालाई भन्दा गुन्यूचोलीलाई माया दर्शाएकी छिन् । मद्यपान भन्दा दुधदहि तर्फ मन लगाएकी छिन् । पाटी प्यालेसमा नाचिने डिस्को भन्दा लोक नृत्यमा कम्मर भाच्नैमा मज्जा आउने बताएकी हुन् ।

सर्जक राजेन्द्र सुवेदीको सृजनामा गायिका अधिकारीले तिज पर्व मनाउने बाहानामा फैलिएको विकृतीलाई संकेत गर्दै मौलिक परम्परा नै प्यारो लाग्ने गीती भाव व्यक्त गरेकी छिन् । जनता डिजिटल मार्फत बजारमा आएको तिजको कोशेली ‘मिनिस्कट लाउदिन’ गीतको भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् ।

भिडियो हेरौ