कैलालीको सुगरखालमा अन्तरक्रिया कार्यक्रम सम्पन

By प्रकाश धिताल     

पदम ओझा-बौनिया-साउन २०
आज कैलालीको सुगरखाल अन्तर्गत फलेबिसौनामा गाउपालिका पून संरचना सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएकोछ । बडा नागरिक मंचका सदस्य गोरख देबकोटाको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी दोदोधारा गाउ पंचायतका पुर्व प्रधान पंच उपेन्द्र बम रहनु भएको थियो ।

कार्यक्रममा सुगरखाल गाउ पञ्चायतका प्रधान पञ्च टिकाराम रानामगर ,समाजसेवि नन्द बहादुर बस्नेत ,नेपाली काग्रेसका क्षेत्रिय सदस्य लक्ष्मीराज जैशी ,नेकपा एमालेका दोदोधरा गाउ कमीटि सदस्य तारा शर्मा ,नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य भिम बहादुर विक ,नेकपा माओवादी जिल्ला सचिवालय सदस्य रविन्द्र बस्नेत ,नया शक्ती नेपालका अमर टमटा,नेपाली कागे्रेसका जनकराज गिरी,नेकपा एमालेका पदम कुवर लगाएतकाले अब बन्ने कोटातुल्सीपर ,बौैनिया ,र दोदोधरा बन्ने गाउ पालीकामा सुगरखाल गाविसका वडा नं. १ र २ का सम्पुर्ण गाउ समावेस हने धारणा राख्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन पत्रकार लिलाराज खत्रीले गर्नुभएको थियो ।