ने.वि. संघको ११ औ महाधिवेशनको कोषाअध्यक्षमा भट्टराईको उम्मेद्बारी

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन १७ – सोमबार 
13871802_1116972488363786_495318527_nनेपाल विद्यार्थी संघ स्याङ्जाका पूर्वउपसभापति उमेश भट्टराईले ने.वि. संघको आसन्न ११ औ महाधिवेशनका लागि केन्द्रीय कोषाध्यक्षमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् ।
त्रि–चन्द्रबाटै स्नातकोत्तर गरेका भट्टराई हाल नेपाल ल क्याम्पस मा एल.एल.वी. अध्ययनरत छन् । उनी विद्यार्थीमाझ स्पष्ट र खरो बक्ताका रुपमा परिचित छन् । ।
त्यस्तै स्याङ्जाका वर्तमान अध्यक्ष अजित क्षेत्रीले ४ नं. प्रदेशबाट सह महामन्त्री दिएका छन् भने ने.वि.संघका पूर्व केन्द्रीय सदस्य युवराज पाण्डेले महामन्त्रीको उमेद्वारी दिएका छन् ।
वि.सं. २०५५ मा ने.वि. संघ भानुभक्त अचार्य उच्च मा.वि गल्याङको इकाई सचिवहुँदै विद्यार्थी राजनीति सुरु गरेका भट्टराई क्षेत्रिय सदस्य , जिल्ला सदस्य हुँदै ०६४ सालको अधिवेशनबाट जिल्ला उपसभापति निर्वाचित भएका थिए । राजधानीको त्रि–चन्द्र क्याम्पसबाट ०६२/६३ को दोस्रो जन– आन्दोलनमा लगायत संघर्षमा पटक–पटकक पक्राउ पर्दे बन्दी जीवन विताएका थिए ।

अमृत साइन्स क्याम्पसका पूर्व इकाई सचिव नारायण पाण्डेले केन्द्रीय सदस्य, पूर्व सहमहामन्त्री कमला न्यौपाने छात्रा तर्फ महामन्त्रीको उमद्वारी दिएका छन् । महाधिवेशन यहि साउन २३ देखि २५ गतेसम्म काठमाण्डौमा हुँदैछ ।