कैलालीमा वृक्षारोपन कार्यक्रम सम्पन्न

By प्रकाश धिताल     

पदम ओझा – कैलाली – साउन १७ – सोमबार 

13912448_1176582909075392_134876960733908468_nकैलालीको लम्की चुहा नगरपालीका वडा नं. १३ मलभङगा स्थीत पथरिया सामुदायिक वन उपभोक्ता समितिको डमरिया शिविरमा ५ हेक्टर रोपनी क्षेत्रफल मा विभिन्न जातका ३७ सय विरुवा वृक्षारोपन गरीएको छ । पथरिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बल बहादुबर विष्टको सभाध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला वन कार्यालयका अधिकृत डां. सिन्धु प्रसाद ढुङगाना रहनुभएको थियो । ससस्त्र पहरी बल बेस क्याम्प चुहाका सहायक निरिक्षक पदम बहादुर जेठरा,प्रतापपुर बेस क्याम्पका असई शेर बहादुर विसी, लगाएतको सहभागीतामा रहेको थियो ।

लम्की चुहा नगरपालीका वडा नं. १३,१४,१५ का करीब १ सय ५० जना उपभोक्ताले वृक्षरोपन गरेका थिय भने सो विरुवाहरु इलाका वन कार्यालय रामपुरले निशुल्क उपलब्ध गराएको पथरिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बल बहादुबर विष्ट जानकारी दिनु भएको छ । उपाध्यक्ष जयराम चौधरीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव रामस्वरुप चौधरीले गर्नुभएको थियो ।