कैलालीको बर्दगोरियामा खबर साप्ताहिक पत्रिकाको विमोचन समारोह सम्पन्न

By प्रकाश धिताल     

पदम ओझा – कैलाली बौनिया – साउन १६
कैलालीको मध्यवर्ती क्षेत्र दोदोधरा गाउ विकास समिति सडकपुर बौनिया बाट साप्ताहिक रुपमा प्रकाशन हुने बर्दगोरिया खबर साप्ताहिक पत्रिकाको आज एक कार्यक्रमका विच विमोचन समारोह सम्पन्न भएकोे छ । कार्यकारी सम्पादक लक्ष्मी प्रसाद जैशीको सभाध्यक्ष्तामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम सयोजक प्रकाश विक्रम शाह रहनु भएको कार्यक्रममा पे्रस चौतारी नेपालका केन्द्रिय सचिव हेमकर्ण विक, प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष मिन ठकुरी, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद श्रवण देउवा , गणेश चौधरी,पे्रस युनियन कैलालीका वरिष्ठ उपाध्यक्ष भिम चौधरी,कैलाली उद्योग वाण्ज्यि संघका सदस्य शिवराज कुवर, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनार ,बौनिया बजार व्यवस्थापन समितिका उपाध्यक्ष भिखु चौधरी,पथरैया सामुदायीक वनका अध्यक्ष बल बहादुर विष्ट ,कैलाली होटल व्यवसायी महासंघका सदस्य टेक बहादुर थापा, वौनिया जेसिजका कार्यकारणी उपाध्यक्ष कृष्ण विष्ट,नया शक्ती नेपालका दोदोधरा प्रतिनिधि लाल बहादुर चौधरी,सडकपुर बौनिया यूवा क्लबका सचिव जिवन विसी लगाएतकाले पत्रिकाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बौनिया बाट प्रकाशित भएको यो चौथौ पत्रिका हो ।२०७१ सालमा २ बटा दैनिक र १ बटा साप्ताहिक पत्रिका प्रकाशित भएका थिए । २०७० सालमा ५०० वाट क्षमता भएको कोसेली मिडिया प्राली द्वारा संचालित कोसेली एफ एम ९७ मेर्गाहज बौनियामा पहिलो मिडिया हाउस संचालनमा आएपछि यस क्षेत्रमा संचारको बिकासमा चेतना जागेको छ । पहिलो साप्ताहिक जोशीपुर र पहिलो दैनिक लम्की ठाउ सारी गरी संचालनमा आएका छन । दोश्रो दैनिक पत्रिका बन्द रहेको छ । बौनियामा अव एक बिधुतिय तरङग मिडिया हाउस र एक प्रिन्ट मिडिया गरी २ बटा संचालनमा आउने छन् । व्यवस्थापक राजेन्द्र रावलको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन गगन कठायतले गर्नुभएको थियो ।
कैलाललीको घोडाघोडी नगरपालिका वडा नं.७ सुखडमा ग्रामिणक्षेत्रका बासीन्दा लाई सहजका लागी इलाका प्रशासन स्थापना÷ मालपोत र नापी कार्यलयहरु प्नि छिटै सञ्चालनमा ल्याउने कैलाली जिल्ला प्रमुख गोविन्द रिजालको भनाई छ   ।