सरिताको “मैले बारुले कम्मर मर्काउदा” बोलको गितमा कोरियोग्राफी संगै निर्देशनमा सन्तोष

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन १२ 

13700052_1176195929087014_635956121603938025_n

गत बर्षको तीजमा “आइ लव यु भन्छु काले माइन्ड नगर” बोलको गित बजारमा ल्याएर आफ्नो एउटा छुट्टै धारमा सांगीतिक कर्ममा लागिरहेकी गायीका सरीता प्रजापतिले यो बर्ष पनि “मैले बारुले कम्मर मर्काउदा” बोलको तीज गीत बजारमा ल्याएकी छन् ।

 भर्खरै बजारमा गित ल्याएकी गायिका प्रजापतिको आफ्नै शब्द/संगीतमा रहेको यो उनको दोश्रो तीजको गीत हो ।  गीतमा बारुले कम्मर मर्काउदा भन्दै मोडेल क्रिस्टिना थापाले पनि यो गीतको भिडियोमा कम्मर मर्काएकि छिन र संगसंगै स्वयंम आफैले पनि अभिनय गरेकी छन् गायिका प्रजापतिले ।

तीजको भावमा रचेको यस गीतको भिडियो लाई कोरियोग्राफी संगै निर्देशन सन्तोष राजबाहकको रहेको छ ।  टेकेन्द्र शाहको इडीट  संगै ज्ञानेन्द्र शर्माको छायांकन रहेको गितलाइ अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

हेरौ भिडियो