दोस्रो लैनसिंह वाङ्देल पुरस्कार फेरी झमकलाई

By प्रकाश धिताल     

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह वाङ्देल पुरस्कार’ प्रदान गरिएको छ । वाङ्देलको ९१औँ जन्मजयन्तीको अवसरमा आज धनकुटामा एक कार्यक्रमको आयोजना गरी भारतको कोलकत्तास्थित लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो ।