चलचित्र “सफर”को ट्रेलर सार्बजनिक संगै उत्कृष्ट प्रतिक्रिया बटुल्दै

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – साउन १२ 

13866920_1741394159453324_1560086103_nयुवा फिल्म्सको ब्यानरमा तयार फिल्म ‘सफर’को ट्रेलर सार्वजानिक गरिएको छ ।  अमेरिकाको डलासमा विशेष कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजानिक गरिएको हो ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिस्ठ निर्देशक नारायण पुरी उपस्थित हुनुहुन्थ्यो ।

सार्वजनिक ट्रेलरले युवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा घुमेको देखाईएको छ । तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको यो फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा भएको छ ।

फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ । आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको सफरमा केशव खड्काको कथा छ ।

असोज १४ बाट नेपाल र अमेरिकामा एकैसाथ प्रदर्शनमा आउने फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको म्युजिक सुन्न सकिन्छ । गीत भने उत्तम भौकाजी, अर्जुन सुवेदी र उज्वल मेघी गुरुङले लेखेका हुन् ।