भारतद्वारा धान निर्यातमा रोक

By प्रकाश धिताल     

धान निकासीमा प्रतिबन्ध लगाउने भारतीय वाणिज्य विभागले गत असोज २० (अक्टोबर ७) गते नै सरोकारवाला निकायलाई पत्रचार गरिसकेको व्यवसायीले जानकारी दिए । वीरगन्ज बाहेकका अन्य नाकाबाट सवारी साधन भित्रिन थाले पनि धान बोकेका सवारी नभित्रिएको व्यवसायीले जनाए । स्वदेशी चामल उद्योगलाई प्रोत्साहन गर्नका लागि धानको आयातमा लाग्ने कृषि सेवा सुधार शुल्क घटाउन तथा चामलको आयात शुल्कमा वृद्धि गर्नुपर्ने माग राख्दै आएका उद्योगीलाई भारतको पछिल्लो निर्णयले चिन्तित बनाएको छ । धान आयातमा ५ प्रतिशत र चामलमा ८ प्रतिशत कृषि सुधार शुल्क बुझाउनुपर्ने प्रावधान छ ।