अरविन्द्र र चिरन्जिबीले ल्याए ‘घर घरमा ग्याँस पाईप’ मैले भन्या हो ?

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति  – काठमाण्डौ – साउन ०१ शनिबार 

विन्दास प्रोडक्सनले व्यङ्ग्यात्मक तिज गितको भिडियो सार्वजानिक गरेको छ । फरक धारमा सिर्जना गरिएको गितको शब्दसंगै भिडियोमा समेत दिदिबहिनीलाई राजनितीको चासो हुने कुरालाइृ प्रष्ट पारेको छ । सँधै उखान‍-टुक्का जोडेरै हरेक प्रश्नको जवाफ र योजना बताउने प्रधानमन्त्री केपि ओली यतिबेला भने केहि भावुक छन् ।

अझैपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणको क्रममा जनतामाझ वाढेका कतिपय सपनाहरुको पक्ष—विपक्षमा मत-मतान्तर चलिरहेको छ ।त्यहि मत—मतान्तरकै बीचमा रहेर यसपालीको तीजमा गीतहरु बनेका छन् । कति गीतका भिडियोमा उनकै नक्कल गरिएको छ । पहिले-पहिले गाईजात्रामा बनाईने यस्ता प्रकार गीतले यसपटक तीजलाई पनि छोडेका छैनन् । यतिबेला ‘घर घरमा ग्याँस’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्वरअर्बिन्द्र भट्टराई/तुल्सी घर्ती मगरको रहेको छ  भने शब्द/संगीत अर्बिन्द्र भट्टराई कै रहेको छ अनि छायांकन:बासु बराल भने निर्देशन चिरञ्जीवी सापकोटा संगै अभिनय सुशीला(बिमली-मेरि बास्सै),अर्बिन्द्र भट्टराई,चिरञ्जीवी सापकोटा,इश्वर गरन्जा मगर रहेको छ ।

हेरौ  भिडियो