टंकको संगीतमा मै छु दोधारमा..संचारकर्मी प्रकाशले ल्याए समना अर्यालको तिजको कोशेली (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति  – काठमाण्डौ – साउन ०१ शनिबार 

13707551_1073294206084155_9195895955964106224_nतिजको लहर चलिरको बेला संचारकर्मी  धितालले अर्को नया तिज गितको भिडियो बजारमा ल्याएका छन् । माइत जना नपाउदाको पिडालाइ कथा बस्तुमा उतारिएको छ ।

महिला दिदीबहिनी हरुका लागि बर्षे भरिकै १ दिन तिज धेरै नै ठुलो मानिने गर्दछ त्यहि तीजमा रमाइलो गर्दै अघिल्लो सालको तीजमा मस्त नाचेको सम्झदै माइत जाना नपाउदाकोको पीडा संग संगै दुखित भएको कुरालाई भिडियोमा देखाएको छ ।

टंक बुढाथोकिको संगीत रहेको भिडियोमा सामना अर्यालको स्वर अनि शब्द रहेको छ भने भिडियोमा सामनाकै दमदार प्रस्तुति देख्न सकिने छ ।

यसै गरि संचारकर्मी प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन् भने सेनोरीटा इन्टरटेन्मेण्टको सम्पादन रहेको छ भने बसन्त चौधरीको कोरियोग्राफी रहेको छ । यसै गरि  भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ  ।

भिडियो हेरौ