राजसुक्र लिम्बु गीतकारहरुको मन जित्न सफल संगितकार

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार – २८ मंगलबार

13664479_925503207595603_1856402913_nनेपाली गीत संगीतमा क्रियासिल अहिलेका ब्यस्त संगितकार मध्ये एक हुन राजसुक्र लिम्बु । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सानै देखिको रहर र रुचिलाई अंगिकार गर्दै यस क्षेत्रमा पाइला चालेका संगीतकार लिम्बु निकै मिहेनति छन् । प्रायः जसो सबै गीतहरुमा संगीत गर्न सक्ने खुबि भएका लिम्बुको रोजाइमा भने निकै चर्चित गायक गायिका पर्ने गरेका छन् । गीतको भावलाई जीवन्तता दिन संगीतकार लिम्बुले कुनै कसर बाँकि राख्दैनन् । परिणामस्वरुप उनले संगीत भरेका गीतहरु निकै नै उत्कृष्ट बन्ने गरेको छ ।

पछिल्लो समयमा उनले संगीत दिएको गीत हुनै लाग्दा दिन उज्यालो बोलको गायक स्वरुप राज आचार्यले गायका छन् । यस्तै सात सम्मुन्द्र पारीबाट देख्छु तिमो रुप, प्रमोद खरेल, अझै पनि सम्जना छ त्यो कौशिको एैना दिपक लिम्बु, तिमी जुन झै हाँसे म खुसिले बाँचौला राजेश पायल राई यी फरक फरक एल्बमका फरक फरक गीतहरु निकै राम्रा प्रसंसनिय बनेका छन् ।

लिम्बुले संगीत दिएका गीतहरुले दिनानु दिन बजारमा चर्चा कमाउन सफल भएका छन् । उनले संगीत दिएका प्रायः गीतहरु मन छुन सफल हुन्छन् र उत्कृष्ठ बन्न पुग्दछन् ।

आफ्नो माता पिताको आर्शिवादले तथा साथीभाइको प्ररणाले यो स्थान सम्म आइपुग्न सफल गायक तथा संगीतकार लिम्बु भन्छन्, आफुले धेरै बर्ष अगि देखि यस क्षेत्रमा सक्रियता देखाएता पनि मिडियामा भने गीत र गायकले मात्रै चर्चा पाउनाले गर्दा संगीतकार ओझेलमा पर्ने गरेको गुनासो सुनाउछन् ।

त्यसो त अनावश्यक चर्चा र सस्तो लोकप्रियता कमाउनकै लागि मिडियामा प्रचार गर्नु भन्दा पहिले आफनो क्षत्रमा दतचित भइ काम गर्नाले नै सफलता मिल्ने उनको दावी छ । गुणात्मक रुपमा पनि उनकोे संगीत दिने काम निकै अब्बल छ । अहिले सुन्ने भन्दा पनि हेर्ने दर्शक बढि हुनाले धेरै गीतहरुको भिडियो मिडियामा आउन बाँकि रहेको उनले बताए ।

गीतहरु रेकर्ड गर्नु भन्दा पनि सो गीतहरुलाई दर्शक क्षोतामाझ पुराउन निकै कसरत गर्नुपर्ने उनको अनुभव थियो । चाहे नयाँ होस तथा पुरानो गीतकार तथा गायकहरुको गीतलाइ दर्शक क्षोतामाझ पुराउन आफनै प्रोजेक्ट सम्झेर हदै सम्मको उपयुत बाटो पहिल्याउने उनको बाँनीले गर्दा नै पछिल्लो चरणमा धेरै गीतकारहरुको मन जित्न सफल भएका छन् यीनै लिम्बु ।

त्यसैले गर्दा पनि होला प्रायजसो बिदेसमा रहेका गीतकारहरुले पनि सामाजिक संञ्जाल फेसबुककै माध्यमबाट गीतमा संगीत दिन र भराउन लगाउने गरेका छन् । हुनत संगीतको साथसाथै गायनमा समेत उतिनै दखल राख्ने लिम्बुलार्इ आगामी दिनहरुमा पनि अझ बढि सफलता मिलोस हाम्रो तर्फबाट लाखौ लाख शुभकामना ।