चर्चाको शिखरमा पुग्न सफल गायिका सुमी चाम्लिङ् राई

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार २८ – मंगलबार 

13644288_925346024277988_1331724423_n नेपाली गीत संगितमा अझ भनौं गायनमा अहिले चर्चाको शिखरमा पुग्न सफल गायिका हुन सुमी चाम्लिङ् राई । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सानै देखिको रहर र रुचिलाई अंगिकार गर्दै यस क्षेत्रमा पाइला चालेकी सुमी निकै मिहेनति छन् । प्रायजसो सबै गीतहरुमा आवाज दिनसक्ने खुबि भएकि सुमीको रोजाइमा भने निकै चर्चित गीतहरुनै पर्ने गरेका छन् ।

गीतको भावलाई जीवन्तता दिन गायीका सुमीले कुनै कसर बाँकि राख्दिनन । परिणामस्वरुप उनले गाएको गीतहरु निकै नै उत्कृष्ट बन्ने गरेको छ ।उनि खोटाङ जिल्लाको रतन्छामा जन्मिएकी हुन । लाहुरे पृष्ठभूमिमा हुर्किएकी गायिका सुमी चाम्लिङले समस्याको अनुभुति गर्न नपाए पनि दुख र समस्यालाई राम्ररी बुझेकी छिन् । एउटा छुट्टै प्रकारको ,जोश जाँगर भएकि सुमीले ‘दिक्तेल बजार कान्छा दिक्तेल बजार , अर्काकी ,छोरिलाई नलाउ नजर भन्ने पुर्बेली लोकभाकाको गीत राजेश पायल राई संग रेकर्ड गराइन । यो गीतको भिडियो पनि बन्यो । गीत पनि राम्ररी चल्यो । अलिक दुखी हुँदै उनले दुखेसो पोखिन् तर पनि सांगीतिक दुनियाँमा यहि गीत बाट सुमी चाम्लिङले सफलताको उकालो चढ्न सुरु भने गरिन् । लगतै जब सम्म भन्ने एल्बमको शिर्ष गीत जब सम्म ‘‘। भन्ने बोलको गीत बाट बेस्ट फिमेल भोकल इमेज अवार्ड पनि जितिन् । यस्तै सुमीले भर्खरै बजारमा बोले पनि नबोले पनि भन्ने बोलको गीत बजारमा ल्याएकी छिन् ।

सोही गीतमा उनले अभिनय समेत गरेर नायिका पनि बनेकी छिन् । नायिका हुने गुण पनि प्रशस्तै छ उनमा । जति मीठो स्वर छ त्यति नै शारीरिक सुन्दरता पनि छ । बहु प्रतिभाको धनी सुमी चाम्लिङ ले यो गीतको भिडियो समेत ल्याउने तयारीमा लागेका छन् । ‘दिक्तेल बजार गीतमार्फत गायिकाका रुपमा चिनिएकी सुमी चाम्लिङ राईले एक वर्षअघि ‘जबसम्म नामक गीति एल्बम ल्याइन् । स्लोरक तथा पपशैलीको ‘जबसम्म‘ गीतसँगै भिडियो पनि श्रोता दर्शकले रुचाएको सुमी बताउँछिन् । उनि भन्छिन त्यसपछि आएको ‘जबसम्म‘ नै मेरो हिट गीत हो । उनले सो गीतबाट गएको इमेज अवार्डमा ‘उत्कष्ट पप गायिका को अवार्ड समेत हात पार्न सफल भइन । काम ढिलै भएता पनि दर्शकहरुको मन मुटुमा छाप पार्न सफल गीत ल्याउने उनको दावी थियो । सुमिले आवाज दिएको गीतहरुले दिनानु दिन बजारमा चर्चा कमाउन सफल भएका छन् । उनले गायक प्राय गीतहरु मन छुन सफल हुन्छन र उत्कृष्ठ बन्न पुग्दछन् ।

आफ्नो माता पिताको आर्शिवादले तथा साथिभाइको प्ररणाले यो स्थान सम्म आइपुग्न सफल सुमि भन्छिन आफुले धेरै बर्ष अगि देखि यस क्षेत्रमा सक्रियता देखाएता पनि मिडियामा भने ओझेलमा पर्ने गरेकि छिन। त्यसो त अनावश्यक चर्चा र सस्तो लोकप्रियता कमाउनकै लागि मिडियामा प्रचार गर्नु भन्दा पहिले आफनो क्षत्रमा दतचित भइ काम गर्नाले नै सफलता मिल्ने उनको दावी छ । कि त गीतनै नगाउने गाइसकेपछि पहिलो दर्जाको नै गाउने उनको दाबी छ । यीनै सुमीले नेपाली गीत सँगीतलाइ माया गरेर उनले तेस्रो एल्बम निकाल्ने तरखरमा लागेकि छिन । निकै नै मिजासिला र मिलनसार स्वभाककि सुमि गीत गाइरहदा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउँ छिन् । जे जस्तो भएता पनि सफल गायीकाको यो सपना पुरा भएकोमा लाखौलाख शुभकामना ।