सिनेमाटोग्राफिको उत्कृष्ट अवार्ड अमेरीकामा रबिन आचार्य लाई

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार २८ – मंगलबार 

13649474_1044069182356497_1739047248_n

नेपाली चलचित्र क्षेत्रमा एक शसक्त प्राविधिकको उदय भएको छ । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हेटौंडा– ९ मकवानपुर स्थायी घर भएका रविन आचार्य एक कुशल प्रविधिकका रुपमा उदाएका हुन् । उनि सफल क्यामेरा मेनमा (छायाँकार) दरिएका छन् । सानै देखि कला क्षेत्रमा रुचि राखेर अगाडी बढेका आचार्यले छायाँकन गरेको नेपाली कथानक चलचित्र ‘डाईङ क्याण्डल’ले अमेरिकाको न्युयोर्कमा सम्पन्न क्विनस् वल्र्ड फिल्म फेस्टिभल २०१६ मा उत्कृष्ट सिनेम्याटोग्राफी अवार्ड हात पारेपछी उनीपनि उत्कृष्ट ठहरीएका हुन् ।

हेटौंडाको प्रगती माध्यमिक बिधालयबाट एसएलसी पास गरी हेटौंडाकै हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सबाट प्लस टू सकेर २०६० सालमा काठमाडौं प्रवेश गरेका रविन आचार्यले आफ्नो अध्ययनसँगै पेशागत करिअरलाई पनि अगाडी बढाए । आर.आर. क्याम्पसबाट मास कम्युनिकेसन एण्ड जर्नलिजम फोटोग्राफी विषयमा स्नातक पूरा गरेका आचार्यले विभिन्न टेलिभिजनमा लामो समय क्यामेराम्यान भएर काम गरिसकेका छन् । उनले केहि समय आफ्नो विषयगत अध्यापनसमेत गरे । अध्यापनसँगै उनले आइसिटी नेपालले निर्माण गरेको टेलिभिजन कार्यक्रम ‘इन्टर’मा कार्यक्रम संयोजक र क्यामेराम्यानको रुपमा तीन बर्ष भन्दा बढी समय विताए । यसरी उनले विस्तारै टेलिफिल्म, डकुमेन्ट्री र फिल्ममा काम गर्दै गए । काम गर्दै जाँदा आफ्नो क्षमता र योग्यताको विकास गर्नुपर्छ भन्ने सोचेर आचार्यले सन् २०११ मा अस्कर कलेज अफ फिल्म स्टडिजबाट छायाँकन विधामा स्नातक हासील गरे ।

पहिलो पटक नेपाली रजतपटमा ‘बधशाला’ चलचित्रबाट मुख्य सहायक क्यामेराम्यानको रुपमा प्रवेश गरेका अचार्यले कलात्मक चलचित्रले मात्र समाजको यथार्थ उजागर गर्न सक्छ भनेर आफ्नै कम्पनी नेशनल मिडिया प्रोडक्सन प्रालीको ब्यानरमा चलचित्र ‘डाईङ क्याण्डल’को निर्माण गर्न सफल भए भने उनैले छायाँकन गरेको उक्त चलचित्रले अन्तराष्ट्रिय रुपमा उत्कृष्ट सिनेम्याटोग्रफी अवार्ड प्राप्त ग¥यो ।
डा. नरेश कुमार केसीले निर्देशन गरेको चलचित्र ‘डाईङ क्याण्डल’ कलात्मक सोचले तयार पारीएको कारण अन्तराष्ट्रिय रुपमा चर्चा कमाउन सफल भयो भने चलचित्रको विधामा अध्ययन गराउने विश्वकै उत्कृष्ट मानीएको अमेरीकाको विश्वविद्यालय “युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटीक आर्टस् मा विषेश प्रदर्शन गरेर विश्व चलचित्र जगतमा नेपाली चलचित्रले पनि आफ्नो स्थान ओगट्न सफल भएको उदाहरण दियो ।

यसैको प्रभाव स्वरुप चलचित्र ‘डाईङ क्याण्डल’ले सन् २०१६ मै न्युयोर्कमा सम्पन्न क्विनस् वल्र्ड फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट छायाँकन विधामासमेत मनोनित हुन सफल भयो । जसमा उत्कृष्ट छायाँकनको विधामा अन्तराष्ट्रिय अवार्ड हात पा¥यो । यसवाट अचार्यले आफु कुशल सिनेमाटोग्राफर भएको प्रमाणित गर्न सफल भए । उनले प्राप्त गरेको सफलतको अमेरीकी दुतावाले समेत फेसबुकमार्फत बधाई तथा शुभकामना ब्यक्त ग¥यो ।
परिणामस्वरुप नेपाल सरकारले पनि नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन सफल भएको भन्दै अचार्य लगायत उनको टिमलाई बधाई तथा सम्मान प्रदान ग¥यो । नेपाल चलचित्र विकास वोर्डले आफ्नो १६औं बार्षिकउत्सवको अवसरमा संचार तथा संस्कृतीमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा चलचित्रका निर्देशक डा. केसी, निर्माण कम्पनी नेशनल मिडिया प्रोडक्सन र उत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड प्राप्त गरेका आचार्यलाई बधाई तथा सम्मान पत्र प्रदान गरेको थियो ।
अचार्यलाई यतिखेर अन्तराष्ट्रिय रुपमा प्राप्त गरेको उत्कृष्ट छायाँकारको अवार्ड र राज्यले दिएको सम्मानले नेपाली चलचित्र क्षेत्रमा अझै शसक्त भएर काम गर्न उर्जा मिल्नुका साथै जिम्मेवारी पनि थपिएको महसुस भएको छ ।
कलात्मक चलचित्रलाई प्राथमिकता दिने आचार्यले प्रदर्शनको तयारीमा रहेको प्रधुम्न मिश्रले निर्देशन गरेको चलचित्र ‘धूलो’को समेत छायाँकन गरेका छन् । त्यस्तै उनले भर्खरै युरोपका विभिन्न देशमा छायाँकन गरीएको चलचित्र ‘लप्पनछप्पन’मा पनि एसोसिएट छायाँकार भएर काम गरेका छन् । यतिखेर उनी एकैपटक दुईवटा कलात्मक चलचित्रको छायाँकनको तयारीमा जुटेका छन् भने उनकै निर्माणमा नामक चलचित्र पोष्टप्रोक्सनमा छ । आचर्यले यो सबै सफलता पाउनुको श्रेय आफ्नो परिवारलाइ र आफ्नो टिमलाइ दिएका छन् ।