अहिलेको तीजमा” गीत बाट स्मृतीको डेब्यु

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार – २४

सार्थक डिजिटल म्युजिक प्रा.ली.को प्रस्तुती रहेको अहिलेको तीजमा बोलको तीज गीत सार्वजनिक भएको छ । यसै गीतबाट सुर्खेती चेली नव- गायीका स्मृती हमालले गायनका साथै नृत्यको क्षेत्रमा डेब्यु गरेकी छन् ।
श्रीमान श्रीमतीको प्रेम कहानीमा आधारित यस गीतमा दिपेन्द्र हमाल “दीपित”को शब्द र धनराज वास्तविकको लय रहेको छ भने उनलाई गायक भुपेन्द्र पुलामीले आवाजमा साथ दिएका छन् ।
नायक बिजय केसी र स्मृती स्वयंको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोको निर्देशन कालु तामाङ (अनिश) ले गरेका छन् । अडियो र भिडियोको बजार व्यवस्थापन सार्थक डिजिटल म्युजिक प्रा.ली.ले गरेको छ ।