साँगीतिक क्षेत्रमा जम्दै सुर्खेती युवा सर्जक दीपित

By प्रकाश धिताल     

कृष्ण प्रसाद पौड्याल, काठमाडौँ – असार-२१ – मंगलबार 

13339450_803068583158481_3335599513095931303_n
सुर्खेत वीरेन्द्रनगर १८ मा घर भई हाल रोजगारीको शिलशिलामा विगत डेढ वर्षदेखि दक्षिण कोरियामा रहेका युवा सर्जक दिपेन्द्र हमाल “दीपित” नेपाली साँगीतिक क्षेत्रमा जमिरहेका छन् । सुर्खेत राम्रो बुलबुले तालले लगायत करिब आधा दर्जन गितमा लय शब्द भरिसकेका उनले भर्खर मात्र नया रोइला गीत मास्टर बाउको छोरो बजारमा ल्याएका छन् । दीपित स्वयम्को लय र शर्मिला बोगटी र दीपितकै शब्द रहेको गीतमा धनराज वास्तविक र भिमु गुरुङको स्वर रहेको छ ।
यसै गरि भिडियोमा बिजय थापा र अपेक्षा बस्यालको अभिनय देख्न सकिन्छ भने भिडियोलाई कालु तामाङ “अनिश”ले निर्देशन गरेका छन् । गीतको उत्पादन/वितरण सार्थक डिजिटल प्रा.ली.ले गरेको छ ।
यसै गरि यसपटकको तीजको गीत “यसपालीको तीज” बोलको गीतमार्फत उनले आफ्नी बहिनी स्मृति हमाललाई गायन र अभिनयमा एकैसाथ डेब्यु गराएका छन् ।
दीपित स्वयम्को शब्द, धनराज वास्तविकको लय अनि भुपेन्द्र पुलामी र स्मृति हमालको आवाज रहेको गीतमा बिजय केसी र स्मृति हमालको अभिनय देख्न सकिनेछ भने निर्देशक कालू तामाङ “अनिश”, उत्पादक/वितरक सार्थक डिजिटल प्रा.ली. नै रहेको छ । सम्पादनको क्रममा रहेको तिजको गित केहि दिनमा बजारमा निस्कने उनले बताएका छन् ।
हेरौ मास्टर बाउको छोरो गीतको भिडियो