हुवावेले ल्याउँदै स्मार्टफोन वाइ ३ आइ आइ मूल्य नौ हजार रुपैयाँ मात्र

By प्रकाश धिताल     

सरोज कुमार देव – काठमाडौँ – असार १९ – आइतबार

Huawei-Ascend-G7-636x330

हुवावे कन्ज्यूमर ग्रुपले वाइ ३ आइ आइ स्मार्टफोन नेपाली बजारमा शुक्रबार सार्वजनिक गर्ने भएको छ । उक्त फोन नौ हजार रुपैयाँ मुल्य पर्ने र मोबाइल १.३ गिगाहर्जको क्वाड प्रोसेसरबाट सञ्चालित छ । मूल्य कम पर्ने हुँदा मध्यमस्तर र निम्नस्तरका ग्राहकप्रति बढि लक्षित हुने देखिन्छ भने यसका भएका फिचरले सबैलार्इ आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ ।

विश्वका एक सय ७० मुलुकहरुमा बजार रहेको यो कम्पनीले ल्याउने उक्त सेल, वाइ ३ आइ आइ, आर्कटिक ह्वाइट र अब्सडियन ब्ल्याक रगंहरुमा उपलब्ध छ भने यस मोबार्इलमा भएको सप्तरंगी लाइटले मोबाइललाई आकर्षक बनाएको छ ।

यसमा तीन थरी सरल कि फिचरहरु रहेका छन्: प्रेस, डबल प्रेस र प्रेस एण्ड होल्ड कि । यस सेटमा एक जिबि र्‍याम र आठ जिबि रोमको प्रयोग भएको छ । यस फोनमा ५ मेगापिक्सलको रियर क्यामरा छ भने २ मेगापिक्सलको फ्रण्ट क्यामराको प्रयोग गरिएको छ । यस स्मार्टफोनमा २१०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको जानकारी दिएको छ ।