के लेख्यौ’ बोलको गितको म्युजिक भिडियो बाट रोहनको डेब्यु

By प्रकाश धिताल     

कृष्ण प्रसाद पौड्याल – काठमाडौँ -असार १९ – आइतबार

rohan

गायक आकाश घिमिरेको स्वर तथा संगित रहेको नया पप गीत ‘के लेख्यौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । निर्देशक तथा गायक शसान कँडेलद्घारा निर्देशित भिडियोमा रोहन भण्डारीले अभिनय गरेका छन । उनलाई यामु थापा ले साथ दिएकि छन्  । रोहन र यामुले यस गीतबाटै डेब्यु गरेका हुन् । दुबै अनुहार नया रहेको यस म्युजिक भिडियो निकै आर्कषक बनेको छ ।

यसै गितको प्रतिक्रियाका अधारमा मोडल रोहन र यामुको कलाकारीता यात्रको निर्धारण हुने छ । यस गितमा एक केटाले गर्ने एक तर्फी प्रेम र पोख्न नसकेको मायालाई पस्कन खोजिएको छ । उक्त गीतको शब्द गाएक आकाश घिमिरेले लेखेका हुन् भने गिलिफ आलेको संगीत संयोजन छ । भिडियोमा सन्तोष र नविनको छयांकन रहेको छ भने ज्योती घिमिरेले सम्पादन गरेका छन ।

भिडियो चितवनको होटल ग्लोबल र पोखरमा लेकसाईड छायांकन गरिएको हो । एसियन म्युजिक प्रालीले बजारमा ल्याएको गितले स्रोता तथा दर्शकको मन जित्ने निमार्ण युनिटको भनाई छ ।

यो भिडियो हेरौ