मायाको कसम खाँदै एम जी र रजनी (भिडियो हेर्नुहोस्)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति  – काठमाण्डौ – असार १७  – शुक्रबार 

काठमाडौँको स्वयम्भु र यस आसपासमा छायाँकन गरिएको “मायाको कसम” बोलको गितको भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी एम जी तामाङ र रजनी लामाको स्वरमा रहेको गितको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा सन्जय थिङ, समग्र घलान, रविना लामा, जुनु थापा मगर, इमा मगर र जयराम लामा ९शिशिर० ले प्रमुख भूमिकामा अभिनय गर्नु भएको छ । सूर्य लामाले छायाँकन गर्नुभएको भिडियोमा नृत्य निर्देशन सुसान लामाले गर्नु भएको छ ।

यस्तै गितमा चर्चित गायक तथा संगितकार विश्व दोङको संगित रहेको छ भने नोर्बु शेर्पाले गितलाई एरेन्जर गर्नुभएको हो । जिग्मे मिडियाको उत्पादन रहेको यो गितको अडियो भने यस अघि नै सार्वजनिक भैसकेको छ । भिडियो निमार्णमा सबिता गुरुङ्गु , अन्जली आचार्य , अन्जु तामाङ्, सर्मिला लामा, सुरेस मोक्तान , उमेश मोक्तान र विशाल कला केन्द्र बौद्ध जोरपाटी काठमाडौ तथा कृष्ण तामाङ्गले विशेष सहयोगीको भुमिका निर्वाह गर्नुभएको छ ।

भिडियो