प्रचार प्रसारमा हिड्यो जिस्म युनिट

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति  – काठमाण्डौ– असार १७– शुक्रबार 

jism-3

“जिस्म” युनिट नायक सुरेन्द्र बुढाको नेतृत्वमा प्रचार प्रसारमा हिडन सुरु गरेको छ । असार ३१ गतेदेखी प्रदर्शनमा आउन “जिस्म” ले बढि चर्चामा छ । मुभिको ट्रेलरले युटुवबाट उत्साहजनक प्रतिक्रिया पनि पाईरहेको छ । फुर्के र डिल्लीराममा अभिनय गरिसकेका यस मुभिका नवनायक बुढाले प्रचारलाई अब भने तिब्रता दिने बताए ।

यसै साता प्रचारमा हिडेको युनिटले मोडल समित निरौला लाइृ पनि उसैबेला केक काटेर जन्मदिनको शुभकामना थिको थियो । यतिबेला सुब्बा साबका नायक पनि “जिस्म” को प्रचारमा छन । निर्देशक राजु गिरीले बनाएको जिस्मलाई काजल र रिया गिरीले मिलेर यो फिल्मको निर्माण गरेका हुन् ।

फिल्ममा संगीत योगेश काजीको रहेको छ भने छायांकन रामेश्वर कार्कीको रहेको छ । फिल्मलाई श्रीराम बालाजी फिल्मले असार ३१ गते बाट देशभर प्रदर्शनी मा ल्याउँदै छ भने अन्तराष्ट्रिय रिलिजको जिम्मा हाइलाइट्स नेपालले लिएको छ ।