ग्लोबल पाठशालामा मनाइयो भब्य रुपमा धान दिवस

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ –  बुधबार    

असार १५, भक्तपुर

gp3मुठी छरेर मुरी फलाउने महिना अर्थात असार १५ धान दिवस विगतका वर्षहरुझै यस वर्षपनि ग्लोबल पाठशालाका विद्यार्थीहरुले धुमधामका साथ मनाएका छन् । विद्यालय हाता भित्र रहेको खेति योग्य जमिनमा विद्यार्थीहरुले धान रोपेर धान दिवस मनाएका हुन् । सो अवसरमा असारे भाकाहरुसंगै हिलो खेल्न पाउँदा तथा दहि चिउराको आनन्द लिन पाउँदा विद्यार्थीहरु सारै हर्षित देखिन्थे ।
gp9

पहिलो पटक धान रोप्न हिलाम्य खेतमा पस्न निकै डराएका बालबालिकाहरु पछि भने अनौठो तथा नौलो अनुभव गर्न पाएको भन्दै निकै खुसी भएका थिए । कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित विद्यालय ब्यबस्थापन समितिका सदस्य मेघराज अधिकारीले विद्यार्थीहरुलाई धान दिवसको महत्व माथि प्रकाश पार्नुका साथै धान रोप्ने तरिका सिकाएका थिए । हामिले घरमा खाने भात त्यत्तिकै नहाउने तथा त्यसकालागि निकै मिहेनत चाहिने भन्दै उनले केहिल्यै पनि खाना नफाल्न विद्यार्थीहरुलाई सुझाएका थिए ।
gp6

२१औँ सताव्धी सुहाउँदो वैज्ञानिक तथा ब्यबहारिक शिक्षा प्रदान गर्ने उदेश्यका साथ विद्यालय स्थापीत भएको र विद्यार्थीहरुलाई कितावि ज्ञान मात्र नभई ब्यबहारिक ज्ञान सिकाउन कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रीन्सीपल दिला शाक्यले जानकारी दिए ।