स्तन क्यान्सरको खतरा कम गर्छ दही सेवन गर्नाले

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार १३ सोमबार

नियमित दहीको सेवनले महिलामा स्तन क्यान्सरको खतरा कम हुने एक अध्ययनले देखाएको छ । दहीमा हुने जिवाणुहरुले स्तनमा लाभकारी ब्याक्टेरियाको अनुपातमा वृद्धि गर्ने र त्यसले स्तन क्यान्सरको खतरा कम गर्ने शोधकर्ताहरुको दाबी छ ।

क्यानडाको वेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार ल्याक्टोबेसिलस र स्टेप्टोकोकस जस्ता स्वास्थ्यबर्धक ब्याक्टेरियाहरु क्यान्सरग्रस्त स्तनको तुलनामा स्वस्थ स्तनमा बढि मात्रामा पाइएकेा छ । यी दुबै खाले ब्याक्टेरियामा क्यान्सर प्रतिरोधी गुण हुन्छ र स्तन क्यान्सरको जोखिम घटाइदिन्छन् ।

शोधकर्ता प्राध्यापक ग्रेगर रीडका अनुसार स्तन क्यान्सरको खतरा बढि भएका महिलाहरुले आफ्नो आहारमा दहीलाई बढि भन्दा बढि सामेल गर्नाले स्तनमा लाभकारी ब्याक्टेरियाको अनुपात बढ्दछ ।

स्तन क्यान्सरग्रस्त ५८ जना महिलाहरु तथा स्तन सर्जरी गराएका २३ जना स्वस्थ महिलाहरुका स्तन कोषिकाको अध्ययन गरी कोशिकाहरुमा क्यान्सरजन्य तथा क्यान्सर प्रतिरोधी ब्याक्टेरियाको स्तरको अध्ययन गरेका थिए । स्वस्थ महिलाहरुको स्तन कोषिकामा ल्याक्टोबेसिलस तथा स्टेप्टोकोकस ब्याक्टेरियाको अनुपात बढि भएकेा पाइयो भने क्यान्सरग्रस्त महिलाका स्तन कोषिकाहरुमा एसचेरिचिया तथा स्टाफाइलोकोकस ब्याक्टेरिया बढि मात्रामा पाइयो ।

श्रोत : अनलाईन खबर