कैलाली ६ गोलियाकाठ मा २ डलब सहित २ जना पक्राउ

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार – १२

सम्बाददाता – पदम ओझा बौनिया- कैलाली

कैलालीको दोदोधरा ७ सडकपुर बौनियामा हिजो साझ ६ गोलिया काठ, २ डलब सहित २ जना पक्राउ परेका छन । कैलालीको दोदोधरा १ रानिकुण्टाको रानीजरुवा सामुदायिक वन बाट ६ गोलियाकाठ ल्याउदै गरेको अवस्थामा सडकपुर बौनियामा रहेको इलाका प्रहरी कार्यालयले कोटातुल्सीपुर ८ बैद्धीपुरका पदम विक र दोदोधरा ६ झगडपुरका डबल बहादुर बिक लाई पक्राउ गरेर थप अनुसन्धानका लागी इलाका वन कार्यालय रामपुरलाई आज विहान जिम्मा लगाइएको सहायक प्रहरी नायव निरीक्षक कटक रावतले कोसेली एफ एमलाई बताउनु भयको छ ।

विगत देखी नै रानीजरुवा सामुदायिक वनले बाहै्र महिना काठ दाउराको पुर्जी दिने गरेको र पछिल्लो समयमा उक्त सामुदायिक वन बाट चोरी तस्करी बढेको छ । इलाका वन कार्यालय ,इलाका प्रहरी कार्यालय र ससस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गरे पनि चोरी तस्करी अझै नियन्त्रण हुन सकेको छैन ।