कैलालीमा नागरीक संम्वाद कार्यक्र सम्पन्न

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार – १२
सम्बाददाता – पदम ओझा बौनिया- कैलाली

कैलालीको विकट पहाडी गाउ विकास समिति सुगरखाल २ फलेविसौनामा हिजो नागरीक संवाद कार्यक्रम सम्पन्न भएको छ । सघिंय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधान २०७२  जारी भएपछि स्थानिय निकाय र प्रदेश सभामा के कस्ता व्यवस्था रहेको र सविधान कार्यान्वयन हाम्रो सविधान ,हाम्रो लोकतन्त्र संरक्षण लगायतका विषयमा नागरीक सम्वाद कार्यक्रम सम्पन्न भयको हो ।

धनगढी कैलालीले आयोजना गरेको कमर्यक्रममा नेपाली कांग्रेसका नृप बहादुर शाही ,युवा संघ नेपालका केन्द्रिय सदस्य नेत्र प्रसाद भण्डारी ,नेकपा माओवादी केन्द्रका प्रकाश नेपाली ,जनचेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भिम विक, शिक्षक विनोद देवकोटा लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण नागरीक सम्वाद केन्द्रका  प्रमुख नरेन्द्र शाह ,सचिव रेणु प्रधान र पत्रकार लिलाराज खत्री ले गर्नुभयको थियो । कार्यक्रममा दलित ,आदीबासी ,जनजाती ,लगाएत करिव ६५ जनाको सहभागीता रहेको थियो ।