ममताले ल्याईन समुद्रपारि बाटै एल्बम “पाेखरेलि कान्छि”

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार  ०६ – सोमबार  

13514478_1313792845317506_1668821582_nनेपालकै रमणीय स्थल पोखरामा जन्मेकी ममता गरुङ बिभिद परिस्थितिले गर्दा अहिले प्रवाशमा छिन तर उनी संग भएको कलात्मक मन भने नेपाली गीत संगीत प्रति नै छ । पछिल्लो समय ममता गुरुङ र जादु न्यौपानेकाे पहिलाे अाधुनिक गीति एल्बम “पाेखरेलि कान्छि” ल्याएर दर्सक स्रोताको मन जित्ने अठोटका साथमा सात समुद्रपारि बाटै एल्बम “पाेखरेलि कान्छि” प्रस्तुत गर्दैछिन । बहुमुखी प्रतिभाकि धनी ममता एक कुशल गायिकाका साथ साथै सफल संगीतकार, मोड्ल अनि नृत्यङ्गना समेत हुन ।
बिदेशमा हुने बिभिन्न सान्स्कृतिक कार्यक्रममा समेत सक्रिय ममता एक सांगीतिक अनुयायी हुन । “पोखरेली कान्छी “एल्बममा सङ्ग्रहित” एक अर्काको लागि “र ” मत यहाँ रोइरदा” बोलका म्युजिक भिडियो लाई पनि बिदेशका विभिन्न रमणिय ठाउँहरुमा छायांकन गरिएको छ । भिडियोमा रबिन कठायत,राम शरण ,ममता गुरुङ र मन्जुको अभिनय लाई हेर्न सकिन्छ । एभरेस्ट ग्यालरीले उक्त एल्बमको बजार ब्यबस्थापन गरेको छ ।