आउदो असार १७ मा सूर्याको बम्पर एक्सन

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार  ०६ – सोमबार 

13323781_10206553325137530_6132674699114132603_o-1-696x323

नेपाली चलचित्र नगरीमा नायक निखिल उप्रेतीको धेरै समयको कम ब्याक मुभीहरु पछि भैरब र लुटेराको एक्सनलाई नेपाली फिल्मी बजारमा दर्शकहरुले धेरै नै रुचाए सो क्रममा केसी फिल्म्सको ब्यानरमा निर्माण भएको अर्को एक्सनप्रधान चलचित्र “सूर्या” पनि असार १७ गते रिलिज हुदै छ । एक्सन र प्रेमको बिषयमा निर्माण गरिएको चलचित्रमा मुकेश ढकाल ,सुजाता केसी ,गणेश केसी लगाएत कलाकारको अभिनय रहेको छ । गायिका , मोडल हुदै नायिकाको रुपमा सुजता केसीले पहिलो पटक चलचित्र सूर्या मा अभुनाया गरेकी छिन ।

13472200_814082272056403_1006610656_n-768x512

गणेश केसीले निर्माण गरेको चलचित्र सुर्याको  आईतबार राजधानीमा पत्रकार सम्मेलन गरिएको छ । असार १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘सुर्या द पावर’को बारेमा बोल्दै फिल्मका निर्माता गणेश केसीले आफू बिना रहर फिल्म निर्माणमा आईपुगेको बताए । सहनिर्माताका रुपमा सुर्यामा जोडिएका केसीलाई फिल्मका अघिल्ला निर्माताले धोका दिएपछि परिस्थितिबस सम्पूर्ण रुपमा फिल्म आफूले निर्माण गरेका हुन् । झुक्किएर ख्याल ख्याल मै आफु फिल्म निर्माणमा आईपुगेको भएता पनि काम राम्रो बनेको केसीको ठम्याई छ । यसै गरि चलचित्रलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् । कार्यक्रममा  चलचित्रका गीतकार लोकराज अधिकारीले चलचित्र सुर्याको सम्पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् ।

13509112_10206649169973591_5071494133887994195_n

 फिल्मकी नायिका सुजता केसीले सुर्या राम्रो फिल्म बनेको दाबी गरिन् । उनले आफ्नो तर्फबाट आफूले सकेजति आफ्नो भूमिकालाई न्याय गरेको बताईन । नेपाली समाजकी आफू भाग्यमानी छोरी रहेको बताउँदै नायिका केसीले आफूलाई पिताले हात समातेर रंगीन दुनियाँमा ल्याएको उल्लेख गरेकी छिन् । उनले गीत, संगीत र अभिनय सबैको गुरु बाबा गणेश केसी रहेको बताउँदै पितालाई धन्यवाद दिईन । नायिका केसीले आफूले आफ्नो तर्फबाट राम्रो अभिनय गरेको बताउँदै सबैलाई फिल्म हेर्न आग्रह गरिन् ।

चलचित्रमा लोकराज अधिकारी गीत तथा नरहरी पे्रमीको संगीत रहेको छ । शंकर महर्जनको द्वन्द्व, केशव अधिकारी, अर्जुन तिवारी, अजय रेग्मीको छायाँकन रहेको फिल्ममा आयुष बिसीले सहनिर्देशकको काम गरेका छन् ।