बालबालिका द्धारा हजुरबुबा हजुरआमा सम्मानित

By प्रकाश धिताल     

 प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ५

gpभक्तपुर – धेरै थारै विद्यालयले मात्र ओयोजना गर्ने हजुरबुबा हजुरआमा दिवस भक्तपुर कौशलटार स्थित ग्लोबल पाठशालाका विद्यार्थीहरुले धूमधामका साथ मनाएका छन् । कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुद्धारा आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले हजुरबुबा र हजुरआमाहरुलाई सम्मान गर्नुका साथै गीत संगीत र नृत्य गरेर मनाएका हुन् । कार्यक्रममा स्वागत मन्तव्य दिदै कक्षा ५ की छात्रा प्रशिता शर्माले आफुहरु सानो छँदा तथा अहिले पनि घरमा सबैभन्दा बढी माया हजुरबुबा र हजुरआमाबाट पाइने भन्दै उहाँहरुलाई सम्मान र माया गर्नुपर्नेमा जोड दिइन् । हजुरबुबा हजुरआमाहरु अनुभव, ज्ञान र संस्कारका धनि भएको भन्दै उनले हजुरबुबा र हजुरआमाको बारे जति वर्णन गरे पनि अपुग हुने बताइन ।
सो अवसरमा विद्यार्थीहरुले निकै मर्मस्पर्सी तथा उहाँहरुको पालाका गीत संगीत तथा नृत्यहरु प्रस्तुत गरिरहँदा हजुरबुबा र हजुरआमाहरु भावविहल भएका थिए । उपस्थित हजुरबुबा हजुरआमाहरुमध्येबाट उमेरका आधारमा जेष्ठ ८८ बर्षिय देवीप्रसाद अधिकारीलाई प्रमुख अतिथिका रुपमा आशन ग्रहण गराइएको कार्यक्रममा हजुरबुबा हजुरआमाहरुका लागि अन्ताक्षरीको आयोजना गरिएको थियो ।

सोहि अवसरमा हजुरबुबा हजुरआमाहरुले आफ्नो वाल्यकाल तथा विद्यार्थी जीवनमा भोगेका अनुभव विद्यार्थीहरु माझ साँटासाँट गरेका थिए ।
हजुरबुबा र हजुरआमाहरु आजको नेपाल र वर्तमान समाजको सिर्जनाकार, ईतिहाँस र अनुभवका भण्डार, गौरवका गाथाहरु, राष्ट्र अनि समाजका महत्वपूर्ण गहना भएको र सानै भएपनि सम्मान तथा केहि समय आफ्ना कला र गला मार्फत मनोरञ्जन गराउनका लागि विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स साना विद्यार्थी भाईबहिनिहरुले यस कार्यक्रमको आयोजना गरेको विद्यालयका संयोजक हरिश डिसीले जानकारी दिए ।

कार्यक्रममा धन्यवाद मन्तव्य दिदै विद्यालयका संस्थापक बेगेन्द्र सुब्बाले हजुरबुबा हजुरआमाहरुले दिएको आशीर्वादले आफुहरुलाई अझ हौसला मिलेको भन्दै विद्यालयले कितावी ज्ञान मात्र नभई संस्कारयुक्त गुणस्तरिय शिक्षामा सदैव जोड दिएको बताए ।