हेर्नुस तातो पानी पिउनुका फाइदा के के छन् त ?

By प्रकाश धिताल     

  • कृष्ण प्रसाद पौड्याल – काठमाण्डौ – जेष्ठ ०४  
    pani1 – लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ।

2- तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ। साथै, जीउ दुखेको पनि बिसेक हुन्छ।

 3 -बिहान उठेर तातो पानी पिउनाले कब्जियतको समस्या समाधान हुन्छ।

 4- तातो पानीको सेवनले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ । मनतातो पानीले जोर्नीमा घर्षण कम गरिदिन्छ, जसकारण भविष्यमा बाथ रोगजस्तो गम्भीर रोग लाग्ने जोखिम कम हुन्छ।
तातो पानीको सेवनले शरीरमा रक्तसञ्चार सन्तुलित हुन्छ।

 5 – तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउँदा रोगप्रतिरोधी क्षमता बढ्छ।
श्वासप्रश्वास र मिर्गौलासम्बन्धी समस्या भएकाले चिसो पानीको सट्टा मनतातो पानी पिउनुपर्छ। यस्तो समस्या भएकाले चिसो पानीको सेवन गरेमा मिर्गौला र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ।

 – चिसो मौसममा तातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्या लाग्ने जोखिम कम हुन्छ।