मोहन्याल माध्यामिकमा अधयक्षमा महिला धिरेन्द्रा देबी जोशी चयन

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ०२

कैलालीको दोदोधारा ८ बास्कोटी स्थीत मोहन्याल माध्यामिक बिदालय को ब्यबस्थापन समिती गठन भएकोछ । हिजो भएको अभिभावक भेलाले अध्यक्षमा धिरेन्द्रा देबी जोशी ,सदस्यहरु बिरमा देबी भुल, धिर्जा संन्जाल ,र उषा कठरीया सहित ४ जना निर्वाचित पदमा महिला एकलौटी निर्बिरोध निर्वाचीत भएकाछन् । बाकी ३ जनामा एक शिक्षक प्रतिनिधी सहित पहिलो बैठकले मनोनीत गर्ने शिक्षा निवावलीमा रहेको ,प्राधानाध्यापक चन्द्रिका जोशीले बताउनु भयो । साथै अभिभावक भेलाले जुना देबी बिकको अधयक्षतमा ७ सदसीय शिक्षक अभिभावक संघ समेत गठन गरेकोछ । कुशल नेतृत्व सहित बिदालय चलाउने भन्दै बास्कोटीकी महिला अघि सरेका छन् । कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका बिदालय निरिक्षक प्रतापसिह धामी, श्रोतब्यक्ती टिकाराम जोशी ,चुहा सो्रतकेन्द्र प्राधानाध्यापक रामचन्द्र आर्य लगाएतको उपस्थीती रहेको थियो ।

कैलाली सहकर्मी पदम ओझा बौनिया