कैलालीमा तिन दिने क्षमता अभिवृद्धी तालिम सञ्चालन

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ०२

कैलालीको लम्की चुहा नगरपालिका वाड न. १५ चुहामा मानव अधिकारका लागी महिला नमुना दिपज्योती एकल महिला समुहको आयोजनामा र लम्की चुहा नगरपालिकाको आर्थिक सहयागेमा एकल महिलाहरुका लागी तिन दिने मानव अधिकार एकल महिला हक हितका निम्ती क्षमता अभिवृद्धी तालिमको सञ्चालन भयको छ । नमुना दिपज्योती एकल महिला समुहकी अध्यक्ष कुन्ता देवि शाहको सभापतित्वमा भयको कार्यक्रमका प्रमुख अतिथि लम्की चुहा नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडी ,रहनु भयको कार्यक्रममा नेपाली काग्रेसका पुकार शाह ,नेकपा एमालेका खन्टे खत्री ,नेकपा माओवादी केन्द्रका हंसराज रोकाय, नेपाल मजदुरकिसान पाटीका रमेश रावल ,राष्ट्यि जनमोर्चाका मिलन शाही ,नव जागृत उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर खडका ,अन्तर पाटी महिला सन्जालकी अध्यक्ष लक्ष्मी शाही ,वडा नागरीक मञ्चका सयोजक लाल बहादुर कुमालु लगायतकाले शुभकामना मन्तव्य राखेका थिय । तुल्छा देवि काफ्लेको स्वागत मन्तव्य सगै सुरु भयको कार्यक्रममा सहजीकरण देव अवस्थी र सुमन शर्मा ले गरीरहनु भएको छ भने कार्यक्रमको सञ्चालन मातृका खनाल ले गर्नुभएको छ ।

कैलाली सहकर्मी  – पदम ओझा बौनिया