तिम्रो त्यो पाईन भने चक्का जाम गर्दिन्छु भन्दै उर्लिए राजेन्द्र र सुरेश…..

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ०१ 

13454003_638018336349378_1885893960_n

नेपाली संगित क्षेत्रमा एक पछि अर्को नयाँ आयाम थप्दै राजेन्द्र भट्ट यतिबेला चर्चाका पात्र बनेका छन् । नेपाली संगीत बजार तताउन गायक द्वय राजेन्द्र भट्ट र सुरेश रानाले सांगितिक क्षेत्रमा पाईला बढाएसँगै उनीहरुको नयाँ गीत चक्काजामको भिडियो हालै मात्र सार्वजनिक भएको छ ।

गीतका शब्द अनुरुप नै चक्का जाम म्युजिक भिडियो सार्वजनिक भए पश्चात् भट्ट र रानाले अहिले बजार सांगितिक बजार तताएका छन् । यसपटक सार्वजनिक भएको चक्काजामले युवा पुस्तालाई उत्साहित बनाएको छ । सामान्य चलनचल्तिका नेपाली गीतहरु भन्दा एकदमै फरक शैलिको यो गितले बजार तताउने पक्का छ ।

13472188_638018329682712_2044647203_n

वर्तमान परिप्रक्ष्यमा युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको गीतमा शब्द र संगित राजेन्द्र भट्ट आफैँले भरेका छन् । जसमा स्वर सुरेश रानाको रहेको छ भने र्याप राजेन्द्र भट्टले गरेका छन् । यसै गितबाट संगितकार भट्टको परिचय र्यापरको रुपमा पनि थपिएको छ ।

एक सय भन्दा बढी गितमा संलग्न रहेका भट्टले ७० भन्दा बढी गितमा स्वर दिनुका साथै शब्द संकलन गरिसकेका छन् भने आधा दर्जन गित गाईसकेका गायक सुरेश राना पनि यस गितले आफुलाई एक उचाई दिने कुरामा ढुक्क छन् ।

13436012_638018333016045_1067620640_n

भट्टले यस अघि ३ं० भन्दा बढी म्युजिक भिडियोमा निर्देशनका समेत अनुभव बटुलिसकेका छन् । सांगितिक क्षेत्रवाट धेरै संगितका पारखी पलायन भईरहेका बेला संगितलाई नै कर्मथलो बनाई संगितवाट नै स्थापित हुनेमा यी गायकद्वय विश्वस्त देखिएका छन् ।

नेपाली संगित बजारको क्षेत्रमा पहिलेको भन्दा केहि आस लाग्दो भएपनि संगित नै बाँच्ने आधार हो भन्ने स्वभाव राख्ने भट्ट संगितको हरेक क्षेत्रमा सफल साबित भएका छन् ।

गीतका अंशहरुः
सुन चाँदी के हो र?
हिरा मोति के हो र?
यो दिलको राजधानी नाम गर्दिन्छु
पाईन भने तिमीलाई…..चक्का जाम गर्दिन्छु

चक्काजम म्युजिक भिडियोले युवावर्गको ध्यान तानेको छ । चक्काजाम म्युजिक भिडियोलाई नेपाली युवायुवतीहरु यो गित सुन्नै पर्ने बताउँछन ।

कर्म क्षेत्र नै संगित बनाइ सकेका भट्ट केहि समय भित्र आफु स्थापित हुनेमा ढुक्क रहेका छन । संगीत अन्तरमन जगाउने अचुक ओखतीमूलो हो, एकपटक यो गीत सुनेपछि दोहोर्याएर सुन्न करै लाग्छ, यस किसिमको गित अहिले सम्म बनेकै छैन । यसले बजार निकै तताउने छ ।

तुलनात्मक रुपमा नेपाली सांगितिक क्षेत्रमा उदयमान छलाङ्ग लगाउन विश्वास लिइएको गीत चक्का जामको शब्दले उतिकै साथ दिईरहको छ । यही हिसाबमा नेपाली संगित दिनप्रतिदिन गति र परिवर्तनको शैलीमा अग्रसर भईरहेको देख्न पाउन् हाम्रो लागि सौभाग्यको विषय पनि हो र दर्शक श्रोताको मुग्धकण्ठ बन्ने आधार पनि ।

यतिबेला नेपालि संगित बजार तताउन यि दुई युवा जोडतोडका साथ लागि परेका गायकद्वय राजेन्द्र भट्ट र सुरेश रानाले अब सांगितिक जीवनलाई कसरी अगाडि बढाउँछन् अब आउँदा दिनमा देखिने नै छन् । गायकद्वयलाई सदैव अन्तरमन जगाउने प्रेरणा मिलिराखोस्, दर्शकश्रोताको शुभेच्छा प्रदान भईरहुन् । यही शुभेच्छा छ अभिलाषा छ ।

एकपटक यस भिडियो सँगै गीत संगीतलाई मुल्यांकन गरी प्रतिक्रिया दिनुहोला ।