झिल्के ड्नले परिचित अब मनिस (भिडियो सहित )

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – असार ०१

ya

सुदुर पश्चिमाञ्चलको कैलालीका मनिस खड्का अहिले झिल्के डनका नामले सर्बत्र चर्चामा छ्न ।बहुमुखी प्रतिभाका धनी मनिस थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्कृतिक कार्यक्रममा गायन,हास्यको साथै कमेडी नृत्यका माध्यमबाट रोजाईका कलाकारको अग्रेणी स्थानमा पर्छन् । लामो समयको संघर्स पछि आफ्नै शब्द तथा संगीतमा रहेको “झिल्के ड्न” बोलको गीतमा मनिसको गायन संगै जोड्दार अभिनय समेत हेर्न पाइन्छ ।

13445996_1073521986074548_1149566379_o

करिब डेढ दर्जन गीतका गायक खड्काका” प्यार् भन्छ मायाले, माद्लु बज्यो, अनौठो परिक्षा , भन्दिउ क्या हो, जस्ता थुप्रै गीतहरुले दर्सक स्रोताको मन जित्न सफल छन ।
पछिल्लो समय बजारमा आएको “झिल्के डनमा ” सृजु अधिकारिले गायनमा साथ दिएकि छिन भने भिडियोमा मनिसलाइ रिना थापा मगर साथै बिशाल र रश्मिलाइ समेत हेर्न सकिन्छ । आशिष म्युजिकले बजार ब्यबस्थापन गरेको उक्त भिडियोको निर्देशन बब्बु थापाले गर्नु भएको छ भने छायांकन दुर्गा पौडेलले रहेको छ ।

हेरौ यो भिडियो