टीकाराम चपाईको यो मायामा जादु के रैछ गित सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ ३२ 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष टीकाराम चपाईको स्वर र संगीतमा रहेको ‘नया गित यो मायामा जादु के रैछ ? बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
टीका पुन र टीकाराम चपाईको स्वरमा रहेको लोकदोहोरी गीतको भिडियोमा उत्तम शर्मा र निरुता शाहीको अभिनय छ । भिडियोमा उत्तम र निरुता मायाँको जादु देखाएर दर्शकलाई नचाउने प्रयासमा गरेका छन् ।
लामो समयदेखि लोक तथा दोहोरी गीतमा नाम कमाएका चपाई सुर्खेतका अग्रज गायक तथा कलाकार समेत हुन् । गीत संगीतमा लामो समयको सघंर्षपछि राजधानीमा स्थापित भएका उनी केही समयको अन्तरालमा नयाँ गीत ल्याएर दर्शकमाझमा आएका हुन् ।
उनका यसअघि पनि थुप्रै लोक तथा दोहोरी गीत बजारमा छन् । भिडियो लाई सिर्जन बरालले निर्देशन गरेका छन् ।

हेरौ यो भिडियो