लम्कीमा १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न..

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ ३१ 

downloadलम्की बादि समुदायको घरवाश निर्माणमा राजनैतिक दल तथा सम्बन्धीत निकायको प्रतिबद्धता विषयक १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम हिजो लम्की चुहा नगरपालिकाको बल्चौरमा सम्पन्न भएकोछ । भूमिहिन वादि संघर्ष समितीका अध्यक्ष कृष्ण वादिको अध्यक्षतामा संचालीत कार्यक्रमका प्रमुख अतिथी लम्की चुहा नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज विनाडि रहनभएको थियो ।
यस्तै अन्य अतिथीहरुमा नेपाली कंग्रेसका नगर सभापती राम बहादुर बिष्ट, नेकपा एमालेका नगर सचिव ध्रुव भण्डारी, नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज विमला सिंह,रा.प्र.पा. नेपालका जिल्ला सदस्य नन्दा शाही,राष्टीय जनमोर्चाका प्रतिनिधी नवराज धमाला,संयुक्त दलित सशक्तिकरण समाजका अध्यक्ष रतन सुनार,लम्की चुहा उधोग बाणीज्य संघका उपाध्यक्ष दल बहादुर बिष्ट,सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा कैलालीका सदस्य कोकीला देवल,जिल्ला वादि अधिकार संघर्ष समिती तथा राष्टीय दलित आयोगका पूर्व सदस्य रमा वादि,जनहित संरक्षण मंच प्रो पब्लीकका कार्यक्रम संयोजक लक्ष्मण बि.क. मेलमिलापकर्ता लक्ष्मी चलाउने,वडा नागरिक मंच वडा नं १ का संयोजक लवदेव भट्ट,संयुक्त दलित सशक्तिकरण समाजका सचिव ढक बहादुर बि.क.,प्रस्तावित मुक्त कमैया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा गांउ बडगढ राधा कृष्ण चौधरी र भूमिहिन वादि संघर्ष समितीका पूर्व अध्यक्ष ज्ञान बहादुर वादि लगाएतका रहनुभएको थियो ।
कार्यक्रममा मन्तब्यको क्रममा संयुक्त दलित सशक्तीकरण समाजका अध्यक्ष रतन सुनारले नेपाल सरकारले आफ्नो कार्यक्रममा वादि समुदायको सुरक्षीत वसोवासका लागि घरवाश निर्माण योजनालाई प्रथामीकता दिएपनी जमीनको खोजीमा सम्बन्धति निकायको उदासिनताका कारण कार्यन्वयन हुन नसकेकाले यो बर्षको कार्यक्रम सफल कार्यान्वयनका लागि जुन ठांउमा वादि समुदायले बसोवास गर्दै आएको छ सोही ठांउमा ५ धुर मात्र भएपनी जमीन उपलब्ध गराउनुपर्ने कुरामा आफु र आफ्नो संस्था प्रतिबद्ध रहेको र आईपरेको खण्डमा वादि समुदायले संचालन गर्ने हरेक न्यायपूर्ण आन्दोलनमा आफ्नो सक्रीय सहभागिता रहने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अर्का बक्ता नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज विमला सिंहले पिछडिएका जात जाति वर्ग समुदायका हक हितका पक्षमा बोल्ने गरेकाले आफ्नो पार्टीलाई जातिवादी पार्टी र विखण्डन मच्चाउने पार्टीका रुपमा आरोप लाग्ने गरेको भएता पनी आज नेपालमा पिछडिउका जात जाती वर्ग समुदायले जती अधिकार प्राप्त गरेकाछन् त्यो सबै आफ्नो पार्टीको संघर्षको परिणाम भएकाले आगामी दिनमा पनी आफ्नो पार्टी उत्पिडित जन समुदायको पक्षमा सशक्त संघर्ष गर्ने कुरामा पछी नहट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमका अर्का अतिथी नेकपा एमालेका नगर सचिव ध्ुब भण्डारीले विगतमा वादि समुदायको आन्दोलन र संघर्षमा आफ्नो पार्टीको सक्रिीय सहभागिता रहेको, आफ्नै पार्टीको सक्रिय पहलमा वादि समुदायमा बिधुत सेवा उपलब्धताका लागि माननिय मन्त्री राधा ज्ञावालीको तोकादेशमा बिधुत सेवा उपलब्ध गराउन भुमिका खेलेकाले आगामी दिनमा पनी आवश्यक थप सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रमका अर्का अतिथी नेपाली कंग्रेसका नगर सभापती राम बहादुर बिष्टले मेरो पार्टीले यो गर्यो त्यो गर्यो भन्नु भन्दा पनी आजै वादि समुदायको घरवाश सुरक्षित पार्नका लागि सर्वदलिय सहमती कायम गरी निर्णय कार्यान्वयनमा जाने ईच्छा शक्ति देखाउन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी नगर अधिकृत धर्मराज विनाडिले राजनैतिक संयन्त्र विच सहमती भउको खण्डमा वादि समुदायको घरवाश निर्माण कार्यक्रममा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
मनकुमारी वादिको मनोरंजन टोलीले कार्यक्रममा सहभागिहरुलाई मनोरंजन प्रदानगर्न वादि समुदायको ऐतिहांसिक संस्कृति झल्काउने सांगितीक कोशेली प्रस्तुत गरेको कार्यक्रममा अतिथहिरुलाई दिनेश वादि र ज्ञान बहादुर वादिले ब्याच वितरण गरेका थिए भने भूमिहिन वादि संघर्ष समितीका पूर्व अध्यक्ष गणेश वादिले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन नन्दाराम वादिले गर्नुभएको थियो ।