केकी र केके दुवै हिरा चोर भएपछी सबैलाई लग्यो झट्का (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ – २७   

चर्चित नायिका केकी अधिकारि र मोडेल केके अधिकारीले पहिलो पटक एउटै पटक म्युजिक भिडियोमा फिचारिंग गरेका छन् । केकी र केके लाई पहिलो पटक एउटै पर्दामा ल्याउने काम गरेकी छिन् गायिका दिपा पन्तले । गायिका पन्तको “झट्का” बोलको गीतको भिडियो सार्बजनिक भएको छ ।

13339451_1233810793317352_3580300075231019700_n-1

भिडियोमा मोडेल केके एक हिरा चोरको भूमिकामा छन् उनले करिब चार करोडको हिरा चोरेर फरार हुन्छन । फरार व्यक्तिलाई देख्ने बितिकै केकीले मिडियामा आएको समाचार सम्झिन्छिं र उनि पनि उक्त हिरा हत्याउन तर्फ लाग्छिन ।
गीत झट्कामा शब्द र संगीत राज कुमारको रहेको छ । काठमाडौँमा अवस्थित काठमान्डु फन पार्कमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियोलाइ कोरियोग्राफर दीपक एम् सिंहले कोरियोग्राफ गरेका छन् भने क्यामेरामा हरि हुमागाई रहेका छन् । यस गीतलाई मोडेल केके अधिकारी आफैले निर्देशन गरेका हुन् । निशान घिमिरेको सम्पादनमा तयार भएको यो भिडियोको गीतलाई पुस्कर सुनुवारले अरेन्ज गरेका हुन् ।

 हेरौ यो भिडियो