अनुपाको “ए संगिनी तिम्रो साथ ” बोलको गितको भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ – २७   

nnnn-696x334

हरेक मानिसका लागि जिबनको एक अमुल्य पाटो मित्रता हुन्छ र त्यहि मित्रताको सन्दर्भमा तयार पारिएको गीत हो “ए संगिनी तिम्रो साथ …” नव गायिका अनुपा उप्रेतीको आवाजमा रहेको यो गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । यहि गीत मार्फत नेपाली सांगीतिक फाँटमा नब प्रतिभाको रुपमा प्रवेश गरेकी अनुपा उप्रेतीको स्वरको उक्त गीत केहि दिन अघि युटुब मार्फत रिलिज गरिएको हो । मित्रताको महत्व अनि साथीको साथको सेरोफेरोमा तयार पारिएको उक्त गीतको रचना अनिल उप्रेतीले गरेका हुन् ।

किरण पहाडीको संगीतमा रहेको ” संगीनी “को भिडियो लाई निर्देशन सुरेश काफ्ले ले गरेका छन् । भिडियोमा गायिका अनुपा संगै अमृत ढुंगाना र योस्मा पोखरेल अभिनय लाई देख्न सकिने छ ।

हेरौ यो भिडियो