कविता : खै गणतन्त्र ? -अर्जुन अविरल

By प्रकाश धिताल     

arjun abiral

खै गणतन्त्र ?

कहाँ छ गणतन्त्र ?

के हाे गणतन्त्र ?

मैले बुझिन या बुझ्न सकिन

कस्ताे हुन्छ, के हुन्छ

गणतन्त्रमा

राजतन्त्र, प्रजातन्त्र, लाेकतन्त्र अनि गणतन्त्र रे

तन्त्रै तन्त्रकाे मन्त्र छ यहाँ

कुन तन्त्रमा के हुन्छ कुन्नि ?

कुन तन्त्रमा गास, बास, कपास पाईन्छ ?

कुन तन्त्रमा खुशी साथ बाँच्न पाईन्छ ?

थाहा छैन मलाई ।।

कुर्चि फेरिनु, सत्ता फेरिनु या शासन फेरिनु

के हाे गणतन्त्र ?

म मेराे बाेली बाेलेकाे छैन

बाेल्दै छु म नदी किनारकाे माझी

बाेल्दै छु म विकट गाउँकाे एक नेपाली

पहाड, कन्दराका बस्ती, बाटाे उस्तै छ

माझीका दिनचर्या अनि घरमा लिपिएकाे माटाे उस्तै छ

गाउँघरका पछाैटेपन, गरिबिपन उस्तै छ

जमिनदारका जमिन अनि धन उस्तै छ

गाउँघरमा दिईने पढाइ अनि शिक्षा उस्तै छ

गरिबले बाँच्न पाउने खुशी अनि ईच्छा उस्तै छ

खै के भयाे परिवर्तन ? ?

गरिबका झन् गरिब, धनिका झन् धनी

शासनमा केही छैन फरक राजतन्त्र गए पनि

हजाराैंकाे बलिदान हजाराैं शहिदकाे सपना लाग्दैन त्यही थियाे ।

केवल राष्ट्रपति, प्रधानमन्त्रि अनि मन्त्रि

र उनका अासेपासेलाई अायाे हाेला गणतन्त्र

तर हिजाे गणतन्त्र जन्माउन हिडेका हजाराैं युवाहरू

लाखाैं जिजिविषाका सपना सहित मर्न र मार्न तयार भएका याेद्धाहरू

घर, परिवार अनि अाफ्नाे मुटु छाेडेर

अाफ्नाे छातीमा सङ्गीन राेपिदा पनि

नडग्बगाई, नहड्बडाई नेपाल अामाका निम्ति प्राण अाहुति गर्न तयार भए ।

तर ती याेद्धाका सपनामाथि

तुषारापात भयाे सपना अधुरै रह्याे ।

अाज त्यही याेद्धाहरू खाडी मुलकमा सपना बुनि रहेका छन् के यही हाे गणतन्त्र ??

जाे हिजाे गणतन्त्र विराेधी थिए

अाज तिनै हिमायती छन् हात्तीका देखाउने दाँत

गणतन्त्र भित्र त अर्कै दाँतले काम गर्दाे रहेछ ।

एउटा चाेर फेरिएर के भाे?

सयाैं चाेर थपिएका छन् ।

बढ्दैछ भ्रष्टचार, दलाल अनि महँगी बढ्दैछ गरिब र धनिका खाडलहरू बढ्दैछ

झन् उत्पीडन र भेदभाव पनि अनि भनूँ कसरी गणतन्त्र छ यहाँ?

त्यसैले म भन्दैछु

खै गणतन्त्र?? कहाँ छ गणतन्त्र ??

 

-अर्जुन अविरल

कावासाेती नवलपरासी