कथाकार अभिमन्यु निरविको ‘साउने झरी’ सार्वजनिक

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाडौं – जेष्ठ २३

लामो समय देखि रेडियो नाटक तथा फिल्म लेखनमा सक्रिय लेखक अभिमन्यु निरवीको नयाँ कथासंग्रह ‘साउने झरी’ शनिबार सार्वजनिक गरिएको छ। राजधानीको सुन्धारास्थित थिएटर मलमा आयोजित समारोह बिच रंगकर्मी तथा अभिनेता दयाहाङ राई र लेखकत्रय युग पाठक, कुमारी लामा र आहुतिले संयुक्त रुपमा विमोचन गरिएको छ । अभिनेता राईले निरवीले लेखेका फिल्म र कथा दुवै पढेकाले कथाभित्रका पात्रहरुका चरित्र चित्रण गर्न लेखक अग्रसर रहेको बताए भने लेखक लामाले निरवीका कथामा सामाजिक विषयवस्तुको उठान भएको बताइन्। त्यसै अर्का लेखक युग पाठकले अबका लेखकमा समाजिक चेतनाको उपल्लो तहको सोच राखेर लेख्ने सामथ्र्य हुनुपर्ने बताए भने आहुतीले विषयवस्तु उठान महत्वपुर्ण नहुने बताउँदै विषयवस्तुलाई कसरी उठाइन्छ भन्ने महत्वपुर्ण हुने बताए। पुस्तकलाई लेजेन्ड बुक्सले प्रकाशनमा ल्याएको हो।

IMG45354