फिफा विश्व वरियतामा नेपाल १ सय ८२ औँ स्थानमा

By प्रकाश धिताल     

काठमाडौं, जेठ २१ – फिफा विश्व फुटबल बरियतामा नेपाल दुई स्थान तल झरेर १ सय ८२ औँ स्थानमा पुगेको छ । यसअघि १ सय ८० औँ स्थानमा भएको नेपाल दुई स्थान झरेर १ सय ८२ औँ स्थानमा पुगेको हो ।

FIFA

विश्व वरियतामा पहिलो स्थानमा अर्जेन्टिना छ भने दोस्रोमा बेल्जियमलाई पछ्याउदै कोलम्बिया तेस्रो स्थानमा छ ।

अफगानस्तान नौ स्थान तल झरेर १ सय ५६ औँ स्थानमा भएपनि सार्क राष्ट्रमध्ये पहिलो स्थानमा छ । यस्तै भारत १ सय ६३ औँ, माल्दिभ्स १ सय ७४ औँ, बंग्लादेश १ सय ८१, भुटान १ सय ८८, श्रीलंका १ सय ८९ र पाकिस्तान १ सय ९२ औँ स्थानमा छन् ।

अर्जेन्टिना पहिलो, बेल्जियम दोस्रो र कोलम्बिया तेस्रो  छन् ।

कुन कुन देश छन् पहिलो १५ भित्र ?

अर्जेन्टिना
बेल्जियम
कोलम्बिया
जर्मनी
चिली
स्पेन
ब्राजिल
पोर्चुगल
उरुग्वे
अष्ट्रिया
इंग्ल्याण्ड
इटली
इक्वेडर
नेदरल्याण्डस्
स्वीट्जरल्याण्ड