ल्यायो तीन सिरिजका स्मार्टफोन आसुसले हेर्नुस यस्ता छन् विशेषता

By प्रकाश धिताल     

प्रकाश घिमिरे – काठमाण्डौ – जेष्ठ १८

asus-zenfone-3-hands-on-660x330ताइवानको चर्चित एक कम्पनी आसुसले आफ्नो नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । उसले ल्याएको स्मार्टफोन तीन सिरिजको नयाँ स्मार्टफोन हो। कम्पनीले मोबाईल सार्वजनिक भएका तीन स्मार्टफोनलाई ज़ेनफोन ३, ज़ेनफोन ३ अल्ट्रा, ज़ेनफोन ३ डिलक्स द्वारा नाम दिएको छ।

ज़ेनफोन ३ स्मार्टफोनमा ५.५ इन्चको फुल एचडी स्क्रीन रहेको छ भने यसको रेजुलुशन १९२०x १०८० को पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको १६मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ। साथै ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित छ।
कवालकम स्नयापड्रेगन ६२५ को प्रोसेसर राखेको यो स्मार्टफोनमा ४ जीबी र्याम तथा ६४ जीबीसम्मको स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ। यसमा ३ हजार एमएएचको ब्याट्री राखिएको छ।
यस्तै, जेनफोन ३ अल्ट्रामा ६.८ इन्चको फुल एचडी स्क्रीन जडान गरिएको छ जसको रेजुलुशन १९२०x १०८० पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको २३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ। साथै ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित गरिएको छ भने कवालकम स्नयापड्रेगन ६५२ को प्रोसेसर छ।
४ जीबी र्याम तथा ६४ जीबीसम्मको स्टोरेज क्षमता रहेको यस्तै यो स्मार्टफोनमा ४ हजार ६ सय एमएएचको ठूलो मात्राको ब्याट्रीदिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, जेनफोन सीरिजकै जेनफोन ३ डिलक्समा कम्पनीले ६.८ इन्चको फुल एचडी स्क्रीन राखेको छ जसको रेजुलुशन १९२०x १०८० पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको २३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ। साथै ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित गरिएको छ।
त्यसैगरी, जेनफोन सीरिजकै जेनफोन ३ डिलक्समा कम्पनीले ६.८ इन्चको फुल एचडी स्क्रीन राखेको छ जसको रेजुलुशन १९२०x १०८० पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको २३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ।साथै ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित गरिएको छ।
कवालकम स्नयापड्रेगन ८२० प्रोसेसर रहेको यो स्मार्टफोनमा ६ जीबीको र्याम समाहित छ। यसलाई बढाएर १२८ जीबीसम्म बढाउने क्षमता दिइएको छ। यसको ब्याट्री क्षमता ३ हजार एमएएच छ।