कमल चन्चलको “आखा रसायो” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

By प्रकाश धिताल     

प्रकाश प्रिया स्मृति – काठमाण्डौ – जेष्ठ – १५ 

पछिल्लो समय गित संगीतमा निकै नै चर्चा कमाइ रहेका अनि दर्शक श्रोता माझमा परिचित हुदै आएका गायक कमल चंचलको नया गीत “आखा रसायोको” म्युजिक भिडियो सार्बजनिक भएको छ । दिनेश रंजन, कमल चन्चल, लिला कुवरको आवाज रहेको गीतमा लय तथा शब्द कमल भुसाल चन्चल कै रहेको छ ।

13295151_606954262804002_274219005_nयसै गरि यो गीतको भिडियोको परिकल्पना पनि कमल कै रहेको छ भने भिडियोमा कमल स्वयम् आफैलाई अनि करिश्मा, राम, कुलचन्द्र संगै बालकलाकारमा संदेश भुसाल अनि आमाको अभिनयमा मणि भुसाललाई देख्न सकिने छ । यो गीतको भिडियो लाई प्रदिप कंडेलले सम्पादन गरेका हुन् भने प्रकाश ढकालले निर्देशन गरेका हुन् ।

हेरौ यो भिडियो